पेट्रोलियम पदार्थलाई निजीकरण गर्ने सरकारको तयारी


काठमाडौँ,/ सरकारले पेट्रोलियम पदार्थको आयात तथा वितरणलाई सुलभ, व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको छ। वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थलाई निजीकरण गरेर प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने तयारी गरिएको बताउनुभयो।

चेम्बर दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कार्यक्रममा उहाँले ठुलो प्रयासपछि पेट्रोलियम मूल्यलाई अटोप्राइज (स्वचालित) गरिएको भन्दै इच्छाशक्ति हुँदा गर्न सकिन्छ भन्ने उदाहरण भएको उल्लेख गर्नुभयो।

सरकारले व्यवसाय गर्ने नभई सहजीकरण मात्र गर्ने बताउदै उहाँले निर्यातमूखि व्यापारलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक लगानीको वातावरण निर्माणका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोडदिनुभयो।

सोही अवसरमा चेम्बर भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । रासस