संसद् खुल्यो, बन्ने भो उच्चस्तरीय समिति, दुइ महिनाका लागि प्रचण्ड संयाेजक


काठमाडौं /
भदौ १३ गतेदेखि अवरुद्ध व्यवस्थापिका–संसद् बैठक आजदेखि सुचारु भएको छ । उच्चस्तरीय राजनीतिक समिति गठनसहितका प्रतिपक्षीका माग सम्बोधन गर्न सरकार तयार भएपछि संसद् चल्ने निश्चित भएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलोपटक दुई महिनाका लागि उच्चस्तरीय समितिको संयोजक बनाएर त्यसपछि अन्य पार्टीले नेतृत्व गर्ने गरी दलहरु समिति गठनका लागि सहमतिमा पुगेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दलको बैठकमा सहमति भएको हो ।
यसबाहेक एमाओवादीले राखेको द्वन्द्वपीडितलाई दुई लाखका दरले राहत वितरणमा पनि सहमति भएको छ । सरकारले ती पीडितलाई किस्ताबन्दीमा यही आर्थिक वर्षभित्र राहत वितरण गर्ने भएको छ ।

5-point