आज विश्व हुलाक दिवस मनाइँदै


काठमाडौं / आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।
हुलाक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपालको हुलाक सेवाले चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने बताएका छन् ।
त्यस्तै हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डेले हुलाक क्षेत्रमा काम गर्ने सबैलाई शुभकामना दिँदै हुलाक क्षेत्रमा भएको हालको अवस्थामा विभिन्न बाधा र समस्याहरुका बीच पनि कर्तव्यप्रति सजग रही खटेर काम गर्ने सम्पूर्ण हुलाककर्मी एवं हुलाक सेवाको उपयोग गर्ने सेवाग्राहीहरु र हुलाकको काममा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएका छन् ।- onlinekhbar