पोखरामा अत्याधुनिक ल्याब सेवा


पोखरा/

सयमको माग अनुसार पोखरामा विभिन्न सेवा थपिदै आएको छ । कहिले पर्यटन क्षेत्रमा त कहिले स्वस्थ्यका क्षेत्रमा । पोखरामा सुविधसम्पन्न अस्पताल बढ्दै गैरहेका बेला अत्याधुनिक ल्याब सेवा समेत शुरु हुन थालेको छ । करिब एक वर्षअघि पोखरामा संचालनमा आएको युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रालिले पोखरामा अत्याधुनिक सेवा थप्दै आएको छ ।

केहि दिन पहिले मानिसमा हृदयघात हुने सम्भावना, प्रत्यारोपित अंगको प्रभावकारिता र फुड एलर्जीको बारेमा जानकारी दिने परिक्षण शुरु गरेको छ । पोखराका अस्पतालहरुमा उपलब्ध नभएका ल्याब सुविधा उपलब्ध गराउने उद्धेश्यले संचालित यूआरएलमा विश्वमै भर्खरै मात्र प्रयोगमा आएका अत्याधुनिक मेसिनबाट परीक्षण गर्ने पद्धति सुरु गरिएको यूआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

एन्टी प्रो–बिएनपी नामको यो परीक्षण रगतबाट गरिन्छ । यस परीक्षणका लागि बढीमा छ हजार शुल्क लाग्ने पन्तले जानकारी दिए । एक पटक हृदयघात भइसकेका, इसिजी रिपोर्ट खराब भएका, मुटुमा खराब बोसोको मात्रा बढी भएमा र इकोमा असामान्य अवस्था यो परीक्षण देखिन्छ ।

फोक्सो, मृगौलालगायत अन्य अंगहरुमा आएको खराबीले मुटुमा पर्नसक्ने असरबारे पनि रगत परीक्षणपछि थाहा पाउन सकिने बताउदै पन्तले यो प्रविधि निकै प्रभावकारी हुने बताए । युआरयलले पोखरमा अत्याधुनिक मेसिनबाट रगत, पिसाव, दिशा लगातएका परिक्षण गर्दै आएको छ । युआरयल सन्चालनमा आए पछि पोखरामा परिक्षण नभै काठमाडौ लगातएका क्षेत्रमा पठाउनु पर्ने परिक्षण पनि पोखरामा नै हुन थालको छ ।

यस्तो परीक्षणका लागि मेसिन र रसायन अमेरिकी कम्पनी कोवासबाट ल्याइएको छ । उक्त मेसिनबाट ८६ प्रकारका परीक्षण गर्न सकिने भए पनि रसायनको अभावमा सबै गर्न नसकिने यूआरएलका ल्याब इन्चार्ज भुपेन्द्रराज पाण्डेले बताए ।