बार्सिलोना विनाको ला लिगा !


काठमाडौं । क्याटालोनिया स्पेनबाट अलग हुने कि नहुने भन्नेमा नोभेम्बर ९ मा जनमत संग्रह हुँदैछ । यसबारे १५ अक्टोबरमा अन्तिम निर्णय हुँदैछ ।
तर, जनमत संग्रहको मिति नजिकिँदै जाँदा देशकै दोस्रो ठूलो शहर बार्सिलोना विनाको स्पेन कस्तो होला भन्ने बहस मात्र सुरु भएको छैन, विश्वको सफल मध्येको एक क्लब बार्सिलोना विनाको ला लिगा कस्तो होला भन्ने पनि चर्चा परिचर्चा सुरु भएको छ ।
यदि जनमत संग्रहले क्याटालोनिया स्पेनबाट अलग हुने निर्णय ग¥यो भने बार्सिलोनाले ला लिगा खेल्ने पाउनेछैन । यसको अर्थ लिओनल मेस्सी, नेयमार, लुइस स्वरेज जस्ता स्टारहरु ला लिगामा हुँदैनन् ।
स्पेनको फुटबल लिग प्रमुख जाभियर टेबस भन्छन्–म बार्सा विनाको लिग कल्पना गर्न सक्दिैन । जसरी क्याटालोनिया विनाको स्पेनको कल्पना गर्न सकिँदैन ।’
ला लिगामा पछिल्लो ९ सिजनमा बार्सिलोना र रियल मड्रिडकै दबदबा रह्यो । यद्यपि पछिल्लो सिजन एल्थेटिको मड्रिड च्याम्पियन बनेको छ ।
बार्सिलोनाका खेलाडीहरु जाभी र जेरार्ड पीके जनमत संग्रहको पक्षमा देखिएका छन् । ‘म जनमत संग्रहको पक्षमा छु । हामीले मानिसहरुलाई आफ्नो विचार व्यक्त गर्न दिनुपर्छ’ जाभीले भनेका छन् ।
जनमत संग्रहको पक्षमा बार्सिलोनामा भएको सेप्टेम्बर ¥यालीमा उनीहरु सहभागी थिए । प्रहरीका अनुसार उक्त ¥यालीमा १.८ मिलियन मानिसले भाग लिएका छन् ।
‘म क्यालान हुँ र म ¥यालीको सहभागी बन्न चाहेँ । म साथीहरुसँग गए र अन्य १.८ मिलियर मानिसहरुसँग रहेँ’ पीकेले भनेका छन् ।
आफूले ११ वर्ष स्पेनको राष्ट्रिय टिमबाट खेलेको भएपनि जनमत संग्रह लोकतान्त्रिक अभ्यास भएकाले समर्थन गरेको उनले बताए ।

onlinekhbar २०७१ असोज २२ गते ८:३० मा प्रकाशित