पहिचानसहितको सङ्घीयता मुलुकका लागि घातक:भीमार्जुन आचार्य


दाङ, । संविधानविद् भीमार्जुन आचार्यले एकीकृत नेकपा(माओवादी) लगायत दलले उठाएको पहिचानसहितको सङ्घीयतामा मुलुकलाई लान खोजिए घातक हुने चेतावनी दिनुभएको छ।

कोजाग्रत पूर्णिमाका अबसरमा तुलसीपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आचार्यले एमाओवादी, मधेसवादीलगायत दलले पहिचानसहितको सङ्घीयताबारे रटान लगाइरहेको भए पनि त्यो उनीहरूका लागि निकै घातक साबित हुने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो– पहिचानसहितको सङ्घीयता मुलुकका लागि र त्यो नारा उठाउने दलका लागि घातक हुनसक्छ, पहिचानसहितको सङ्घीयता विदेशीको नारा हो, नेपालमा पहिचानसहितको सङघीयता सम्भव छैन।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बजारमा हुने मिसावट रोक्न चाड पर्वका बेला मात्रै नभएर अरु समयमा पनि अनुगमन जारी राख्ने बताउनुभयो । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेशकुमार पाण्डेले समग्र राप्ती अञ्चलको शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न आफू लागिपरेको जानकारी दिनुभयो।