तनहुँ ढोर फिरफिरे प्रचारका लागी म्युजिक भिडियो


 

गिता रानामगर/पछिल्लो समयमा आफ्नो गाउँको बारेमा जानकारी दिनका लागी म्युजिक भिडियो निमार्ण गर्ने परिपाटि निकै बढेको छ । त्यसै क्रममा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको फिरफिरे गाबिसको ग्रामीण सेरोफेरोलाई समेटेर मेरो फिरफिरे गीतको म्युजिक भिडियो तयार पारेको छ । मिलिनियम टे«क अन्तर्गत फिरफिरे गाबिसका गाउँहरुलाई समावेश गरी निर्माण गरिएको छ ।

झोरा, रोइला, कौडा, सालैजोे, कृष्णचरित्र, चुट्का, ठाडो भाका, सुनिमाया लगायतका सांस्कृतिक पक्षले धनी फिरेफिरेको ग्रामीण पर्यटन प्रवद्र्धनमा मेरो फिरेफिरे गीतको म्युजिक भिडियोले ठुलो सहयोग गर्ने शब्द संकलक एवम् निर्माता समेत रहेका भिम गुरुङले वताए ।

भिम गुरुङको शब्द संकलन, स्वर्गीय लोक वहादुर गुरुङको संगीत तथा निर्देशन र लब्सन गुरुङको नृत्य निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । मेरो फिरफिरे म्युजिक भिडियोको प्रेम गुरुङले छायाङकन गरेका छन् भने म्युजिक भिडियोमा झरना गुरुङ, वर्र्षा गुरुङ र अस्मिता गुरुङको भूमिका रहेको छ । अञ्जना गुरुङको स्वरमा तयार भएको म्युजिक भिडियो निर्माताहरुमा भिम गुरुङ, ओमप्रकाश गुरुङ, डम्वरसिं गुरुङ, याम गुरुङ र प्रितम गुरुङ हुनुहुन्छ ।

पर्यटकिय नगरी पोखराबाट तनहुँको दुलेगौडा हुदै पश्चिम भेग करिव १५ किलो मिटरमा पुग्ने सकिने फिरफिरेमा मिलिनियम गुफाको अवलोकन, गुरुङ, मगरका विभिन्न साँस्कृृतिक पक्षहरुलाई सजिलै अवलोकन गर्न सकिन्छ । ढोर फिरफिर गाविसमा मिलिनियम ट्रेक अन्तर्गत लाँकुरीबोट, घरेटी, बाबियाडाडा, वेशीफाँट, बराहाडाडा, भोर्ले, जस्पुर, ताँले गहते, लामागाउँ, मगरनास लगायतका गाउँहरु पर्दछन् ।