पोखरामा अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि आन्दोलनका कार्यक्रम घोषणा


पोखरा /पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सरोकार समितिले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि थप दवाब कार्यक्रम गर्ने भएको छ । विमान स्थल निर्माणको प्रक्रियाले गति नलिएको र सरकारी मन्त्रालयबीच सहकार्यको अभाव खट्कि रहेको अवस्थामा दवाव दिन विभिन्न कार्यक्रम गर्ने भएको हो ।

पोखरामा अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि आन्दोलनका कार्यक्रम घोषणा
कास्कीका राजनैतिक पार्टी प्रमुखहरु, पोखरा स्थित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु भेला एव बैठकले विभिन्न कार्यक्रम गर्ने समेत तय गरेको छ ।

बैठकले असोज अन्तिम साता सम्ममा सरोकार समितिको नेतृत्वमा कास्की जिल्लाका मुख्य राजनैतिक पार्टीका प्रमुखहरुको अनिवार्य सहभागितामा एक प्रतिनिधि मण्डल काठमाण्डौ जाने र प्रतिनिधि मण्डलले पर्यटनमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्री र मुख्य राजनैतिक दलका प्रमुखहरु मोहन बैद्य, पुष्पकमल दाहाल, के.पि. शर्मा ओली र शुसिल कोइराला संग भेटघाटगरि विमानस्थलको यथाशिघ्र निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ ।

त्यसै गरि छिटो काम नथालेमा विमान स्थल निर्माणकार्य तत्काल शुरु हुने सुनिश्चितता नलागेमा काठमाण्डौमा नै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि आन्दोलनका कार्यक्रमहरु घोषणागर्ने निर्णय गरेको छ । सरोकार समितिका संयोजक बिन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न बैठक विभिन्न व्यक्तिले सुझाव दिएका थिए ।