मेलमिलापको नीति भन्दै बिपीले शुरु गरेको चियापन कार्यक्रम स्पेनमा पनि सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना
प्रत्येक कोजाग्रत पूर्णिमाका दिन नेपाली काग्रेसले गर्दै आएको चियापान कार्यक्रमको निरन्तरता, नेपाली जन सम्पर्क समिति स्पेनले पनि दिएको छ।
आफ्नो पार्टीले ‘राष्ट्रिय मेलमिलाप’ को सन्देश प्रबाह गर्दै बडादसैँ, तिहार तथा छठका अवसरमा आयोजना गर्दै आएको कार्यक्रमको निरन्तरता स्पेनमा पनि दिएको हो।
स्पेनका समस्या समाधानको लागि बिभिन्न संघ-संगठनको सामुहिक एकताको बिकल्प नरहेको कार्यक्रममा उपस्थित बक्ताहरुले जोड दिए। बिगत देखि रहदै आएको आपसी सम्बन्धलाई निरन्तरता दिदै स्पेनमा रहेका नेपालीहरुको हितमा नै आफुहरु लागि पर्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले प्रतिबद्दता ब्यक्त गरेका हुन्।

10474175_10202636326414064_576717103_o

नेपाली जन सम्पर्क समिति स्पेनका सस्थापक अध्यक्ष चिन्तामणि सापकोटाको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सल्लाहकार पुष्प राज तिमिल्सिना, अन्तरास्ट्रिय समन्वय समितिका सदस्य दिपक खरेल, प्रबासी नेपाली मन्च स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ लगायत स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष शालिक राम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बिष्णु रिजालले राखेका थिए भने संचालन महामन्त्री पदम दवाडीले गरेका थिए।
तत्कालिन नेपाली काग्रेसका पार्टी सभापति बिपी कोइरालाले विसं २०३५ मा राष्ट्रिय मेलमिलापको नीति भन्दै चियापान तथा शुभकामना कार्यक्रमको शुरुवात गरेका थिए।

10474392_10202636332254210_418424223_o