जर्मनीको कीलमा पनि दशै कार्यक्रम भब्य


शिव ढकाल
जर्मनी
जर्मनीको कील शहरमा अध्ययनको शिलसिलामा र स्थाई तथा अस्थाइरुपमा रुपमा बसोबास गर्दै आएका नेपालीहरुले हिन्दूहरुको महान चाड बिजया दशमीको पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमका साथै दशै भब्यरूपमा मनाएका छन् ।
उक्त कार्यक्रममा कीलमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुलाई एकजुट बनाई एक अर्कालाई सहयोग गर्नु पर्ने भाबनाको उदेश्य लिएर एक कार्यकारी समिती बनाई भविष्यमा बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेका छन् । साथै उक्त कार्यक्रममा यहिं आउँदो तिहारमा भाईटिकाको दिन सबै जना पुन: भेटघाट गरी तिहार मनाउने निर्णय पनि गरेका छन् ।
आगामी दिनहरुमा यस्ता बिभिन्न कार्यक्रमहरुलाई सफल रुपमा आयोजना तथा सम्पन्न गर्न दुई जना सल्लाहाकारहरु प्रेम शेर्बुजा र राजेश साँद का साथै कार्यकारी समिती गठनलाई पूर्णता दिन सात जनाको एक तदर्थ समिति समेत गठन गरेका छन् । उक्त समितीका सदस्यहरुमा सुर्य तिवारी, बिपिन ओझा, योगेन्द्र कार्की, जोनिश गौतम, सुनीता पाख्रिन, अरुण बस्नेत र युबराज घिमिरे रहेका छन् ।