बिदेशमा हुर्केका नेपाली बालबालिकालाई रास्ट्रिय गान नै प्यारो,एक पटकको नेपाली सधैको नेपाली


बसन्त रानाभाट
बार्सिलोना –
मुरलीको मधुर आबाज सँगै साना- साना बालबालिकाहरु गजबले तयारी गरिरहेका थिए । मादालु घन्किरहेको आबाज सँगै मच्ची मच्ची गाउदा जो कोहीको मन सिरिङ्ग हुदो हो । उनीहरुको आबाजले राष्ट्र बोलिरहेको थियो नेपाल र नेपालीको रास्ट्रिय गान गुञ्जिएको थियो।
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

बिदेशमा रहेका आफ्ना छोराछोरीले नेपाली भाषा नै बिर्सने हुन् कि भन्ने डर हुदै गर्दा स्पेनबासि नेपाली समुदायमा हुर्केका यी सन्ततिहरु  रास्ट्रिय गान कण्ठ बनाउदै यसरी गुन्गुनाउन थालेका हुन् । बिदेशी भाषा र सस्कृतिको फराकिलो समाजमा हुर्केका यी बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृतिलाई अनुसरण गर्ने गरि नेपाली कार्यक्रममा सहभागी गराउनुलाई मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

10720926_846169125417249_424226667_n

गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनले बडा दशै तथा शुभ- दिपावलीको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा प्रस्तुती राख्न यी बालबच्चाहरु यसरी तयारीमा जुटेका हुन् । नेपाली कला र सस्कृतिको पहिचानलाई संरक्षण गर्न संघले बालबालिकालाई समेत समेटेर, कलाकारहरुसँग सहकार्य गर्दै बिबिध सास्कृतिक कार्यक्रमको साथमा तिहारको रौनकता दिन भैलो गित संगीत समेत समाबेश गर्ने भएको छ।

साङ्गितिक कार्यक्रम अलवा दुर्गा पुजा ,टिका प्रसाद ग्रहणको कार्यक्रम समेत रहेको छ । अक्टोबर ८ तारिक बार्सिलोनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको संघका प्रबत्ता तथा कार्यक्रम संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए।

 

10717484_846169188750576_1015857197_n