डोटीबाट धनगढी आउँदै गरेको बस दुर्घटनामा २३ काे मृत्यु


डढेलधुरा/धनगढी, आश्विन २० – डोटीकाे जाेरायलबाट धनगढी आउँदै गरेको ना३ख ५७०७ नम्बरको यात्रुबाहक बस भीमदत्त राजमार्गबाट १२ किलोमिटर उत्तर छतिवन गाविसको बासुलेक भन्ने स्थानमा दुर्घटना हुँदा २३ यात्रुकाे मृत्यु भएकाे छ ।

जोरायलबाट धनगढी तर्फ आउने कच्ची सडकबाट झण्डै तीन सय मीटर तल खसेर बस दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । उद्धार कार्य अझै सम्म पनि जारी रहेकोले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ३० जनाको उद्दार गरी उपचारको लागि धनगढी पठाइएको  छ । । बस सडकबाट तीनसय मिटर तल खसेको छ । धनगढीको अत्तरियाबाट घटनास्थल ५० किलोमिटर उत्तर पर्छ । मृत्यु हुनेको संख्या अझैं बढ्न सक्ने प्रहरी अनुमान छ ।