दशैमा युएईमा भलिबल प्रतियोगिता सम्पन्न, बिजेतालाई नगद सहित खसी उपहार


मनु क्षेत्री
युएई –

अंतरास्ट्रीय नेपाली कलाकार समाज यूएई पुजेरा क्षेत्रीय समितिले आयोजना गरेको बड़ा दशैको शुभकामना आदान प्रदान तथा अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।
कला क्षेत्र मात्रै नभएर अन्य क्षेत्रलाई समेत समेटने तथा सम्पूर्ण प्रबासी नेपालीहरुलाई एकता बद्ध गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रमको अधक्ष्यता क्षेत्रीय समिति फुजेराका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा अ.ने.का.स यूएईका केंद्रीय सल्लाहाकार तथा यूएई नेपाली एकता समाजका केंद्रीय सदस्य शिबलाल जैसी हुनुन्थ्यो।

कार्यक्रममा क्षेत्रीय समितिका उपाध्क्ष्य शिब क्षेत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगितामा सगरमाथा ए , सगरमाथा बी , अलवतन सिक्योरिटी ग्रुप, मछपुछ्रे समूह, मगर संघ क्षेत्रीय समिति, तथा खोरफ़ाखान समूह गारी ६ टोलीको सहभागिता रहेको थियो प्रथम हुने टोली लाइ खसि उपहार तथा दितीय टोली लाइ नगद उपहार रहेको उक्त प्रतियोगितामा सगरमाथा ए ले प्रथम स्थान हासिल गरेको थियो भने अलवतन सिक्योरिटीग्रुपले दितीय स्थान हासिल गर्न सफल भयो।

10723421_4591302597599_1252661696_n

सौहार्द पूर्ण बाताबरणमा सम्पन्न उक्त प्रतियोगिताका खेलहरु निकै नै प्रतिस्पर्धात्मक भएका थिए भने उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो। अरबको गर्मीलाई भुलेर खेलको माहोलमा रमाई रहेका दर्शकहरु लोक गायक हरी डुम्रेले गीत प्रस्तुत गर्दा झनै झुमेका थिए। प्रतियोगितामा प्रथम र दितीय हुने टोली सगरमाथा ए र अलवतन सिक्योरिटी ग्रुपलाइ पुरस्कार बितरण गर्दै गर्दा प्रमुख अतिथि शिबलाल जैसिले यस्ता किसिमका प्रतियोगितालाइ आगामी दिनमा समेत निरन्त्तरता दिने कुरामा जोड़ दिनु भएको थियो भने कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष बिष्णु प्रशाद अधिकारीले नेपालीहरुको हरेक सुख दुख तथा नेपाली एकतामा अ.ने.का.स सधै साथ रहने भन्दै प्रतियोगिता सम्पन्न गर्न बिशेस भूमिका र सहयोग गरेकोमा लूलू हाइपर- सुपर मार्केटका संपूर्ण साथीहरु सहित बिरेन्द्र खडका, काशीनाथ भाट, र आयोजक कमिटिका सबै सदस्यहरुलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो, प्रतियोगितामा गणेश राना बेस्ट प्लेयर घोसित भएका थिए भने कार्यक्रमको सञ्चालन अनेकास क्षेत्रीय समितिका महासचिब मनु क्षेत्रीले गरेका थिए।

 

10719397_4591302517597_343641925_n10716076_4591302637600_1765518582_n

तपाईको प्रतिक्रिया