कारागारमै कैदीले गरे आत्महत्या


कैलाली,२० असोज,। कैलालीको जिल्ला कारागारमा रहेका एक कैदीले कारागारमै आत्महत्या गरेका छन् ।
कैदी सागर लामाले कारागारको शौचालयमा तौलियाको पासो लगाएर आत्महत्या गरेका हुन् । उनलाई झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
लामाले अपहरण अन्तगतको मुद्दामा जेल सजाय पाएका थिए ।