पोखरामा हिमाल टल्कन थाल्यो घुम्ने मौसम शुरु


केशवशरण लामिछाने

पोखरा, /पोखरा भन्नेबित्तिकै सबैको मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको। टे्रडमार्क नैै बनेको छ हिमाल पोखराको। तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन। भदौको दोस्रो हप्ता यो वर्षको पहिलोपटक पोखराले निख्खर हिमाल हेर्योु र हिमालले पोखरा। त्यसयता भने दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ।
घुमक्कडहरुको ुप्याराडाइजु पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। हरिया डाँडापाखा त जुनसुकै ठाउँमा पनि छन्। तर पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहिँबाट पाइन्न। हो, हिमाल पनि नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ। तर पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको अन्तर नाप्ने यन्त्र विज्ञानले बनाइसकेको छैन।

भदौ मासबाट खुल्न थालेको हिमालको रङ अरुबेला भन्दा भिन्न छ। ुअहिलेको हिमाल दूधे हिमाल हो,ु पर्यटनविद् झलक थापा भन्छन्, ुअर्को महिना हिउँको रङ फरक देखिन थाल्छ।ु जब हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो। हिमाल उघ्रिन थाल्नु भनेको पोखरामा तापक्रम ओर्लन थाल्नु पनि हो।
नेपालका धेरै सहरभन्दा शीतलो यो ठाउँ काठमाडौंमा भन्दा ३र४ डिग्री बढी गर्माउँछ। तर अब हिमाल खुल्न थालिसकेको आकाशबाट घामले पोखरालाई तताउने र मान्छेको पसिना निकाल्ने तागत राख्दैन।

हिमाली शृंखला, हिमाल र पोखरासँग धेरैथरी विशेषता जोडिएका छन्। त्यसैले हिमाल खुल्नु सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा। पोखराबाट माछापुच्छे्र हिमालसम्मको हवाई दुरी ३३ किलोमिटरमात्रै हो। यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी। दुरी छोटो भए पनि हिमाल हेर्दा स्विटर वा जाकेट भिर्नुपर्दैन पोखरामा टिसर्टै काफी हुन्छ। यो उपत्यका यस मानेमा पनि भाग्यमानी छ कि संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहींबाट देखिन्छन्— धौलागिरि, अन्नपूर्ण र मनास्लु। ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संस्ख्यामा दुनियाँको अर्को कुनै एकै सहरबाट देखिन्न।