हङकङमा सहारा साँझ सम्पन्न


 

हङकङ,

एउटै माला नेपाली

सार्वभौम फैलिएका मेची महाकाली…

गायक यश कुमार र अञ्जु पन्त स्टेजमा देखिएपछि लागेको थियो, यिनले आफ्नै कुनै चल्तीको गीतले माहौल तताउनेछन्। तर त्यसो भएन, अनुमान विपरीत राष्ट्रगान गाइँदा युङ लङ थिएटर हल जुरुक्कै उचालियो। उस दिन -अक्टोबर १) चीनको राष्ट्रिय दिवस थियो। झन्डा फर्फराउँदै गाइएको नेपाली राष्ट्रिय गीतले भने चिनियाँ भूमिबाटै मातृभूमि सम्झायो। अब भने गायकद्वय नाचगानको मुडमा देखिए। ‘सागर सरी चोखो माया…’, ‘तिमीलाई कुनै पल…’, ‘मायाको डोली चढाई…’, लगायतका युगल गायनबाट यिनले सुरुमै माहौल तताए। यश कुमार र अञ्जु यसअघि पनि हङकङ नआएका होइनन्। तर यिनलाई एउटै स्टेजमा गाउने अवसर भने सहारा साँझले जुराइदिएको थियो।

10704313_281609265380245_7648727976863637825_o

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ पनि उक्त साँझकी आकर्षण थिइन्। त्यसो त उनले अभिनेत्रीको परिचय पनि बनाएकी छन्। उक्त साँझ सिपोराको प्रस्तुति के रहला? कौतुहलको विषय थियो। उद्घोषक दीपेन्द्र श्रेष्ठले उनलाई स्टेजमा बोलाए। अनि बल्ल थाहा लाग्यो उनी राम्री नृत्यांगना पनि रहिछन्। यसअघि अस्ट्रेलिया, जापान र कोरियामा आयोजित कार्यक्रममा पनि सहभागिता जनाएकी यिनले विदेशमा नृत्य गरेको भने पहिलोपटक रहेछ। ‘गुड कजका लागि भएकाले आयोजकका अनुरोधमा नृत्य गरेकी हुँ,’ सिपोराले प्रस्ट्याइन्, ‘स्पोट्र्स अवार्ड भने आफ्नै कार्यक्रम भएकाले नाच्ने गरेकी थिएँ।’ खेल्न गाह्रो कि नाच्न? ‘व्यावसायिक रूपमा लिने हो भने त दुवै उत्तिकै गाह्रो छ,’ प्रश्नमा उनी हाँस्दै बोलिन्, ‘तर खेलकुदमा अलि बढी नियममा बाँधिनुपर्छ।’ सहारा क्लब पोखराद्वारा सञ्चालित फुटबल एकेडेमीलाई आर्थिक सहयोग जुटाउन उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो। यसअघि आयोजित कन्सर्टबाट समेत सहारा हङकङले १० लाख रुपैयाँ सहयोग गरेको थियो। अहिलेसम्म हङकङबाट करिब ३५ लाख रुपैयाँ पठाइसकिएको क्लबका महासचिव बिल तामाङले बताए।

1077564_281611675380004_4020697044580341615_o

पालो फेरि उनै चर्चित गायिका अञ्जुको थियो। यतिबेला यिनले ‘तिम्रो आँखामा…’, ‘न बिसेर्ं तिमीलाई…’, ‘कसले चोर्‍यो मेरो मन…’ लगायतका गाइन्। पछिल्लो समय गायनकै कारण यिनी विवादित बनेकी छन्। त्यसको बाछिटाले हङकङ अछुतो रहने कुरै भएन। ‘कहिलेकाहीं सम्हालेर पाइला राख्दाराख्दै पनि गाह्रो हुँदो रहेछ, म सबै धर्मसंस्कृतिलाई उत्तिकै सम्मान गर्छु,’ आफूले कसैप्रति रिसराग नराखेको बताउँदै उनले  भनिन्, ‘मैले दर्शकहरूको गालीलाई पनि फूलको थुंगा सरी ठानेकी छु, कथंकदाचित मबाट गल्ती भए क्षमा दिन अनुरोध गर्दछु।’ अञ्जुले स्टेजबाटै सहारालाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा पनि गरिन्।

10548054_281609375380234_3997248855470674558_o

‘मैले छोएको पानी चल्दैन…’ गायक यश कुमार करिब दशकपछि हङकङ आएका थिए। यिनका गीतप्रतिको मोह घटेको रहेछन्। ‘बिरामी भएकाले चाहेजस्तो गाउन सकिनँ,’ यश कुमारले भने, ‘तर पनि दर्शकले राम्रो साथ दिनुभयो।’ तपाईं गायक कि नायक? ‘म कलाकार मात्र हुँ, त्यही रूपमा चिनिदिनुभए खुसी हुनेछु,’ प्रश्नमा उनी बोले। चलचित्र ‘बाटोमुनिको फूल’ को सिक्वेल बनाउने तयारीमा रहेको समेत यिनले सुनाए। त्यसो त कार्यक्रममा लोकदोहोरी पनि राम्रै जम्यो। ‘धौलागिरिमा सकेको तिरौला नत्र प|mीमा…’ गायक देव गुरुङ र इन्दिरा गुरुङको यो भाकाले दर्शकलाई कुर्सीमा टाँसिरहन दिएन। अर्थ ब्यान्डका शिव लामिछानेको ‘चाहे माया गर या नगर’ र ‘बफिन्स ९८’ को सञ्जीव गुरुङको राष्ट्रिय भावनाले ओतप्रोत गीतले समेत युवाहरूको राम्रै मन जित्यो। – ekantipur 

10470157_281609305380241_1725569493818426477_o