स्पेनमा बडा दशै हर्ष उल्लासका मनाईयो


बसन्त रानाभाट
बार्सिलोना
बिदेशमा रहेका नेपालीहरु चाडपर्व आउदा खल्लो मान्ने मान्छन् भनिएता पनि स्पेनमा बडा दशै हर्ष उल्लासका साथ मनाएका छन्।
स्पेनबासी नेपालीहरुले स्वदेशमा जस्तै गरि घटस्थापना गरि उमारेका जमरा र रातो टिका लगाई खुशीका साथ दशै मनाएका हुन्। करिब ६ देखि ८ हजार सम्म नेपाली समुदाय रहेको स्पेनका बिभिन्न शहरमा रहेका नेपालीहरुले शुभ-कामना आदान- प्रदानका कार्यक्रमहरु पनि राखेका थिए ।

बिदेशमा रहेर काम गर्नु पर्ने हुदा प्राय सबैको टिकाको दिनमा नै छुट्टी नमिल्ने हुदा आफ्नो आफ्नो छुट्टीको दिनमा भए पनि दशै मनाउने क्रम जारी छ । कतिपय आफनै ब्यबसाय गर्नेहरु कामको समयमा नै दशै मनाएका छन्। स्पेनमा रेस्टुरेन्ट ब्यबसाय संचालन गरेका राम प्रसाद सापकोटा ( बिराज) भन्छन् ,”दशै हो अब यतै खाईयो यतै रमाईयो। हिमाली रेस्टुरेन्ट एण्ड बार संचालन गरेका उनले आफुहरु सबै नेपालीहरु मात्र कामदार भएकोले दशै रेस्टुरेन्टमा मनाए पनि घरमा नै मनाएको जस्तो भएको प्रतिक्रिया दिए।
आफ्नो संस्कृति र परम्परालाई जोगाउदै कतिपयले नेपाली पोशाकमा सजिएर टिका र जमरा लगाएका थिए।

1620926_10153759877172837_2711553203513559316_n
गैर आबासीय नेपाली संघ स्पेनका कोषाध्यक्ष हेमन्त रानाभाटले यस पालिको दशै खुसीका साथ बितेको बताउछन्। उनले भने बिदेशमा बाबु आमा कै हातबाट टिका जमारा र आशिर्बाद त लिन पाइएन तर साथीभाईहरुको जमघटले आफुहरुलाइ खुशी बनायो। टिकाको दिन परिबार, आफन्त र साथीभाई सँग मिलेर टिका लगाइयो अघिल्लो दिन साथीभाई सँग जमघट भयो दशै रमाइलो भयो। ”

10622825_846823265342106_496539724745553669_n
बडा दशैको उपलक्ष्यमा नै एनआरएनए स्पेनले बार्सिलोनामा आउदो बुधबार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्दै छ भने मंगलबार नेपाली जन सम्पर्क समिति स्पेनले चियापान कार्यक्रमको आयोजना गरेको छ । यस अघि प्रबाशी नेपाली मन्च स्पेनले दशैको अवसरमा आफनो संगठनका प्रतिनिधि र पत्रकारहरुलाई शुभकामना तथा रात्रीभोजको कार्यक्रम सम्पन्न गरेको थियो।

10495076_10152800652461171_8203548639720570860_o

तस्बिर- सामाजिक संजाल फेसबुकबाट