एलन हेनिङको ‘हत्या भिडियो’ सार्वजनिक


१८ असोज, काठमाडौं –

दुइ बच्चाका बाबु एलन हेनिङलाई आइएस लडाकुले गत डिसेम्बरमा सिरियाबाट नियन्त्रणमा लिएका थिए ,इश्लामिक स्टेट लडाकुहरुले उनीहरुको नियन्त्रणमा रहेका ब्रीटीश नागरिक एलन हेनिङको घाँटी रेटेर हत्या गरेको जस्तो देखिने भिडियो सार्वजनिक गरेका छन्।

उत्तरी ब्रीटेनको स्यालफोर्ड भन्ने ठाउँका ट्याक्सी चालक हेनिङलाई गत डिसेम्बर महिनामा सिरियामा सहायता सामग्री वितरण गर्ने क्रममा आइएस लडाकुहरुले कब्जामा लिएका थिए।
गत महिना सार्वजनिक गरिएको अर्का ब्रीटीश डेभीड हेइन्सको हत्याको भिडियोको अन्त्यमा आइएस लडाकुहरुले हेनिङको हत्याको धम्की दिएका थिए।
यसपटक हेनिङको भिडियोमा अमेरिकि सहायताकर्मी पीटर कसिगको हत्या गर्ने धम्की दिइएको छ।
कठघरा
ब्रीटीश प्रधानमन्त्री डेभिड क्यामरनले ‘हत्याराहरुको खोजी गरेर न्यायको कठघरामा ल्याउन’ ब्रीटेनले सबै उपाय अपनाउने बताएका छन्।
क्यामरन भन्छन्, “दुइ बालबच्चाका बाबु ४७ वर्षीय हेनिङको हत्याबाट आइएस लडाकुहरु कत्ति निर्दयी र वाक्क लाग्दा छन् भन्ने देखाउँछ।”
हेनिङकी श्रीमती बारबाराले यो हप्ता नै उनी निर्दोष छन् भन्दै रिहाइका लागि अपील गरेकी थिइन्।
दुइ बालबच्चाका बाबु ४७ वर्षीय हेनिङको हत्याबाट आइएस लडाकुहरु कति निर्दयी र
हेनिङ कार्यरत सहयोगी संस्थाका प्रमुखले आफु ‘हेनिङको पाशविक हत्या’को खबरले मर्माहत भएको बताएका छन्।
आक्रमण
रमादान फाउन्डेशनका मोहम्मद शाफिकले यो विश्वभरका असल मानिसरुविरुद्धको आक्रमण भएको बताए।
उनी भन्छन्, ‘एलन हेनिङ एक ब्रीटीश नायक थिए जसले आफू भन्दा पहिला अरुलाई राखेका थिए र त्यसैले हामी उनी र उनको जीवनलाई सम्मान गर्दछौं।’
राष्ट्रपति ओवामाले एलन हेनिङको मृत्यु सिरियाका जनता, ब्रिटिश जनता र उनको परिवारको लागि ठूलो क्षति भएको बताएका छन्।
यस अघि आइएसले दुइजना अमेरिकी पत्रकार जेम्स फोली र स्टीभन सटलफ तथा ब्रीटीश सहायताकर्मी हेइन्सको हत्या गरिएको भनिएको भिडियो सार्वजनिक गरेका थिए।
पछिल्लो भिडियोको प्रमाणिकरण हुन बाँकी छ तर त्यसमा हेनिङ मरभुमीमा कालो पोशाक लगाएको नकाबधारी लडाकुको छेउमा घुँडा टेकेर उभिएको देखिन्छ।
बीबीसीका सुरक्षा संवाददाता गर्डन करेरा भन्छन्, अघिल्ला भिडियो भन्दा यसपटकको भिडियो केहि छोटो थियो। भिडियोमा बोल्ने लडाकुको ब्रीटीश लवज थियो। – bbc nepali sewa