पोर्चुगलको कोइम्ब्रामा दशै बिषेश कार्यक्रम सम्पन्न


बिनोद भण्डारी, कोइम्ब्रा, – गैर आवासीय नेपाली संघ क्षेत्रीय कमिटी कोइम्ब्रा,पोर्चुगलको आयोजनामा कोइम्ब्रामा बसोवास गरेका नेपाली एकआपसमा मिलेर बडो उत्साहका साथ टिका जमरा लगाउँदै बडा दशैं २०७१ लाई बिदा गरे । पार्क भेर्देमा जम्मा भई नेपालीहरु एक आपसमा आत्मियता साटासाट गर्दै दशैँ सम्पन्न गरेका हुन ।

संघका अध्यक्ष भुपाल बहादुर पुरी र श्रीमती तारा पुरीको हात बाट शुरु गरिएको टिका बिशेष कार्यक्रममा नेपालीको बाक्लो उपस्थितिसंगै विदेशी पाहुनाहरुको पनि सहभागीतले कार्यक्रम थप रोमान्चक बनेको थियो । नेपाली स्वादका स्वादिष्ट खाना सहित गरिएको नाचगान कार्यक्रममा कोइम्ब्रा बासी नेपालीहरुले भरपुर मनोरन्जन लिएका थिए ।

कार्यक्रममा अध्यक्ष पुरीले बिदेशी आँगनमा नेपाली चाड पर्बलाई मौलिक पन दिंदै एनआरएन क्षेत्रिय कमिटी कोइम्ब्राले अभिभाबकको भूमिका निर्वाह गर्दै जाने कुरा बताए, साथै टिका बिषेश कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै देशमा भन्दा परदेशमा सांकृतिक रितिरिवाज र पर्वहरुको महत्वमा बढी नै चासो रहने बताउदै उत्साह सहित सांकृतिक पर्व मनाउन पाएकोमा गौरबान्दित भएको कुरा बताउदै उपस्थित सबैलाई धन्यबाद दिए । गैर आवासीय नेपाली संघ क्षेत्रीय कमिटी कोइम्ब्राका अध्यक्ष श्री भुपाल बहादुर पुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिब बिनोद भण्डारीले संचालन गरेका थिए ।