टीकाको साइत सवा दस बजे


 

पोखरा, १५ असोज/नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षका विजयादशमीको टीकाको दिन मान्यजनको हातबाट टीका ग्रहण गर्न बिहान १० बजेर १५ मिनेटको शुभसाइत रहेको जनाएको छ। १७ गते शुक्रबार नेपालीको महान् चाड विजयादशमीको टीका परेको छ।

मान्यजनको हातबाट देवीको प्रसाद र आशीरवाद टीका लगाइदिने परम्परा भएकाले साइत हेरिरहनु पर्दैन। दिनभर र उक्त दिन पनि नभ्याए पूर्णिमाका दिनसम्म लगाउन मिल्छ। कसैलाई साइत चाहिने भए १०ः१५ बजे उत्तम मानिएको छु, नेपाल पञ्चांग निर्णायक समिति सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

ढुंगेलले टीकाका लागि भन्दा देवी विसर्जनको साइत महत्त्वपूर्ण हुने बताए। देवी विसर्जन ९ बजेर ५५ मिनेटको साइतमा गर्नुको अर्थ विशेष हुने उनको भनाइ छ। नवमीका दिन बिहान पूजापाठ सक्ने र त्यसलगत्तै दशमीको पूजापाठ सुरु गर्नुपर्ने जानकारी दिँदै उनले भने, ुजे गर्छौं, फलको आसले गर्छौं। त्यसैले देवी विसर्जन साइतमा गस्यौं भनेमात्र आशातीत फल मिल्नेछ।ु तिथि टुटेका कारण नवमी र दशमी एकै दिन परेको ढुंगेलको भनाइ छ।