लमजुङको भोटेओडारमा एकै परिवारका चारको हत्या


लमजुङ, १५ असोज/लमजुङको भोटेओडार ४ पिप्लेमा एकै परिवारका चार जनालाई धारीले प्रयोग गरि हत्या भएको छ । पिप्लेमा रहेका ६० वर्षका अर्जुनप्रसाद रेग्मी, ३५ वर्षकी रिना घिमिरे, १४ वर्षकी ज्योती रेग्मी र १२ वर्षका विकास घिमिरेको हत्या भएको हो ।

हत्या गरिएका सबैलाई धारिलो हतियार प्रहार गरिएको छ । हत्याको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान सुरु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय लम्जुङ डीएसपी अच्चुतमप्रसाद पुडासैनीले जानकारी दिए ।

अर्जुनप्रसादले दुईटा बिहे गरेपनि दुवै श्रीमती छुट्टएिर बसेको, उनीहरुको घर आधा घन्टाको पैदल दूरीमा रहेको पुडासैनीले बताए । रेग्मीले रिनालाई सानैदेखि पालेर राखेको र उनका छोरा पनि सँगै रहेको प्रहरीले जनाएको छ । रेग्मीकी एक छोरी ज्योती पनि उनीसँगै बस्दै आएकी थिइन् । घटनाका बारेमा अनुसन्धान गर्नकालागी प्रहरीले कुकुर सहित खोजतलास गरेको छ