पोखरामा विमान स्थलका काम छिटो थाल्न पोखरामा दवाव ¥याली


 

सागर राज तिमिल्सिना

पोखरा, /

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन पोखरा बासीले दबाव ¥याली निकालेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा भएको ¥याली पोखरा क्याम्पीङ्ग चोकबाट शुरु भै जिल्ला प्रशासन कार्यालयमा पुगि टुगिएको थियो । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो थाल्न कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शुशिल कोइरालाई ग्यापन पत्र पठाएका छन् ।

ग्यापनपत्रमा विमानस्थल निमार्णमा अझै पनि षडयन्त्र, ढिलासुस्ती र बहानाबाजी भैरहेको आभाष भएको भन्दै तत्काल जहा रोकिएको छ त्यहीबाट काम थाल्नु पर्ने बताउदै नभएमा शसक्त आन्दोलन थाल्ने चेतावनी दिएका छन् । पाचँ महिना देखि विमान स्थलका फाइल अर्थमन्त्रालयमा रोकिएको बताउदै पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य भुजेलले एक महिना भित्र पोखरा विमान स्थलको काम थालनी नभएमा काठमाडौमै आइ आन्दोलन गर्ने चेतावनी दिए ।

उनले अर्थमन्त्रालय र अर्थमन्त्रीले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल निमार्णका पक्षमा नहेको आरोप लगाए । ग्यापनपत्र बुझदै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विमान स्थलका स्थानीय स्थरबाट गर्ने काम अगाडी बढि रहेको बताउदै ६ सय २८ रोपनीका जग्गा धनीलाई मुआव्जा दिने प्रक्रिया अगाडी बढेने बताए ।
चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णका लागी सरकारले अगाडी बढाएको थियो । २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको थियो । भने थप आवश्यक पर्ने ६ सय २८ रोपनी जग्गा अधिग्रहणका लागी सरकारले सुचना निकाली सकेको छ । यसअघि पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै रिले अन्सन बसेका थिए ।