युरोपका कलाकारहरुको जमघट बार्सिलोनामा, ईनास म्युजिकल ब्याण्ड स्पेन बन्दै


बसन्त रानाभाट
बार्सिलोना
अन्तरास्ट्रीय नेपाली कलाकार समाज स्पेनले युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर बार्सिलोनामा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्पेन लगायत डेनमार्क ,जर्मनी र नेदरल्याण्डमा रहेका नेपाली कलाकारहरुको समेत सहभागिता रहने गरि कार्यक्रम आयोजना गर्न लागेको हो ।

बिदेशिएका नेपाली कलाकारहरुको योग्यता र क्षमता पनि प्रचुर रहेको ठहर गर्दै समाजले युरोपमा रहेका गायक गायिका ,नृत्यकार लगायतहरुलाई समेत समेटेर कार्यक्रम गरिने सोमबार बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  कार्यक्रम सफल बनाउनको लागि समाजका उपाध्यक्ष पुरुषोत्तम भट्टराईको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरिएको छ समितिको सदस्यमा अर्का उपाध्यक्ष भरतराज न्यौपाने,महासचिब तुलसी शिवाकोटी ,कोषाध्यक्ष संजय बिक्रम शाह, र सचिब अनिनास सिंह रहेका छन्।

सांगीतिक कार्यक्रममा पनि उपसमितिका रहेका यी सबै कलाकारहरु लगायत स्पेनबाट सुरज मैनाली,बिष्णु रानाभाट ,अभिषेक जंग राणा ,बिपिन गुरुङ,सुष्मिता गिरि ,दिव्या भण्डारी र सोनिया खत्रीको पस्तुति रहने समाजले जनाएको छ ।  नेपालीहरुको महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा अक्टोबर २६ तारिक बार्सिलोनामा हुने कार्यक्रममा डेनमार्कबाट राजमान तामाङ्ग,प्रशान्त राज बानिया ,दुर्गा बराईली,जर्मनीबाट आश्मा कडेल र नेदरल्याण्डबाट सरिता हुमागाई लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा नेपाली कलाकार समाजका केन्द्रिय प्रतिनिधिहरुको समेत उपस्थिति रहने भएको छ।

ईनास म्युजिकल ब्याण्ड स्पेन बन्दै

समाजले आफ्नो पस्तुतिसँगै बार्सिलोनामा सांगीतिक कार्यक्रम सम्पन्न गरिसके पछि ईनास म्युजिकल ब्यान्ड स्पेनको अवधारणा ल्याउने भएको छ। भविष्यमा म्युजिकल एल्बम समेत तयार गर्ने लक्ष्य राख्दै ब्यान्डको अबधारणा थालेको पत्रकारहरुलाई जानकारी गराइयो। बार्सिलोनामा हुने गरेका कार्यक्रममा पनि कहिले को छुट्ने, कहिने को जुट्ने जस्तो भयो त्यसैले हामीले ब्यान्डको रुपमा गए बोलाउनेलाई पनि सजिलो र निमन्त्रणा आएमा आफुहरुले सामुहिक प्रस्तुति दिने समाजले जनाएको छ। तर यसको बिस्तारित रुप भने पछि जानकारी गराउने भएको छ ।

युरोपमा रहेका कलाकारलाई समेत समेटर कार्यक्रम किन गर्दै ?

नेपालबाट एउटा नाम चलेको कलाकार आए हामीले धेरै सम्मान दिन्छौ बढी महत्व दिन्छौ तर बिदेशमा पनि धेरै प्रतिभावान कलाकारहरु छन् तर जति महत्व दिनु पर्ने हो त्यो दिन सकी रहेका छैनौ। समाजले त्यसको खातिर पनि प्रतिभाबान् कलाकार सबै एक हुन् भन्ने सन्देश जावोस् भन्दै कायक्रम गर्न लागेको हो । महासचिब तुलसी शिवाकोटीले भने कलाकार आखिर कलाकार हुन् प्रतिभा भएका सबैलाई उत्तिकै सम्मान दिनु पर्छ त्यसैले हामी युरोपमा प्रतिभावान कलाकारको सांगीतिक जमघटले कलाकारहरु सबै एक जुट छौ भन्ने सन्देश पनि दिने छौ उनले भने। केहि समय अगाडी चर्चित गायक राजु लामाले बार्सिलोनामा लाईभ कन्सट गर्दा बार्सिलोनकै कलाकार अनिनास सिंहले लिड गितार बजाएर हामी सक्षम छौ भन्ने परिचय दिईसकेको भन्दै पत्राकार सम्मेलनमा चर्चा गरिएको थियो।

final poster

कलाकार एक जुट छौ भने पनि आखिर दुई फक्लेटा किन ?

अन्तरास्ट्रिय कलाकार मंच र अन्तरास्ट्रीय नेपाली कलाकार समाज गरि केन्द्रबाट नै बनेका कलाकारका दुई फक्लेटाको प्रभाब स्पेनमा पनि परेको छ। यस बारे प्रश्न राख्ने बित्तिकै समाजमा उपाध्यक्ष एबं कार्यक्रम संयोजक पुरुषोत्तम भट्टराईले यो केन्द्रबाट हुदै आएको हामी नमिलेर टुटेको अवस्था नभएको बताए। कलाकारको परिचय पहिले आउछ अनि त्यसपछि आफ्नो संगठन हो भटराईले भने ” म सबै कलाकारलाई यो कार्यक्रम सफल पार्न आह्व्वान गर्दछु र आ – आफ्नो प्रस्तुति राखेर भब्य रुपमा सफल पार्न अनुरोध गर्दछु। तर केहि समय अगाडि बार्सिलोना भएको नेपाली कलाकारहरुले बिदेशी सामु प्रस्तुत गरेको कार्यक्रममा सबैलाई नसमेटेकोमा दुख ब्यक्त गरेका छन्। बिदेशी सामु प्रस्तुत गरिने नेपाली कार्यक्रममा सबै कलाकारहरुलाई समेटेर लैजादा असल प्रतिभाको जित हुने उनि बताउछन्।

कार्यक्रम त गरिन्छ सधैँ प्राबिधिक गढबढ, उद्घोषकको प्रस्तुति दमदार नहुने ,केहि नौलो छ कि ?

बार्सिलोनामा हुदै आएका धेरै जसो कार्यक्रममा प्राबिधिक कमजोरीको कारण दर्शकहरुले यसमा सुधारको अपेक्षा गर्दै आएका छन्। तर समाजका सचिब अनिनास सिंहले जानकारी दिए अनुसार प्राबाधिक सुधारलाई यसपाली जोड दिएको बताएका छन्। मिक्चर,एम्लीफायर्स,र मोनिटर अनि प्राबिधिक हायर गर्ने सोचमा छौ ,सिंहले भने हामी सबै कार्यक्रम प्रोजेक्टरमा पनि देखाउने छौ। यता स्पेनमा जुन सस्थाले कार्यक्रम राख्यो त्यसै सँग आबद्द प्रतिनिधिले मात्र कार्यकम संचालन गर्ने प्रचलन बढी छ। जाने पनि नजाने बोल्दा कार्यक्रम उद्घोषकको कारण कार्यक्रम नै खल्लो हुने गर्छन्। यिनै बिषयलाई मध्य नजर राख्दै समाजले तयारीका साथ सुबास बहादुर बिष्टलाई उद्घोषकको जिम्मेबारी सुम्पिएको जानकारी गराएको छ ।

मिडीया पार्टनर किन ?

बार्सिलोनामा हुने कार्यक्रममा बिशेष गरि मिडीया पार्टनर र यसको महत्वलाई कम बुझेको पाइन्छ । बिभिन्न देशहरुमा कार्यक्रमको सम्पूर्ण जानकारी दिन सकिने र प्रचारप्रसार पनि राम्रो हुने हुदा कार्यक्रम सफल पार्न मिडिया पार्टनर बनाउने प्रचलन पछिल्लो क्रममा बढ्दो छ । समाजले पनि कार्यक्रम सफल पार्न भनी सम्बन्धित मिडीयाका प्रतिनिधि सँग छलफल गरि नेपालीनेपाली डट कम ,रेडियो स्पेननेपाल,स्पेन खबर डटकम र नेपाली वेभ लाई मिडिया पार्टनर बनाउन सफल भएको छ।

कार्यक्रमको पुर्ब सन्धामा पत्रकार सम्मेलन

बार्सिलोनामा धेरै संघ सस्थाहरुले कार्यक्रम गर्ने क्रम निकै बढी रहेको छ। तर कतिपय कार्यक्रममा त कार्यक्रम हुदै छ भनेर उही दिनमा खबर गरेका हुन्छन, कति ले पत्रकार बिना नै कार्यक्रम गरेको पाइन्छ । तर यस्तो धेरै कमले गरे पनि जस जसले खबर गरेका हुन्छन् त्यहा पनि कार्यक्रमको पुरा जानकारी लिन पत्राकार चुकेका हुन्छन्। कतिपयले आफै समाचार जस्तो बनाएर पठाउने गर्छन् त्यसो गर्दा केहि ब्यक्ति मात्र परिचित हुने सम्भाबना बढी हुन्छ। यदी कार्यक्रम गर्नु पुर्ब पत्रकार सम्मलेन गरिने हो भने सही सुचना आउने कार्यक्रमको पनि पूर्ण सुचना प्रबाह हुने गर्छ। अन्तरास्ट्रीय नेपाली कलाकार समाज स्पेनले कार्यकम हुनु पहिले नै पत्रकार सम्मेलन गर्दै राम्रो शुरुवात गरेको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको बेलायतमा आजभोली गरिने प्राय सबै जसो कार्यक्रमहरु हुनु पुर्ब पत्राकार सम्मेलन आयोजना हुने गरेका छन्। तर स्पेनमा भने अझै पनि एनआरएनए लगायत बिभिन्न संघ सस्थाहरुले आफ्नो नियमित बैठकमा भएका निर्णयहरु सुनाएर पत्रकारहरुलाई सुचना दिने गरे पनि कार्यक्रम हुनु पुर्ब पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी दिने परिपाटी बसाल्न सकेका छैनन्।

समाजको कार्यक्रम बारे पूर्ण जानकारी

कार्यक्रम हुने मिति – अक्टोबर २६,आईतबार
स्थान – काइया सिसिलिया ३२१ ,
समय – दिउसो ४ बजे देखि राति १० बजे सम्म
प्रबेश शुल्क – निशुल्क
मिडिया पार्टनर – नेपालीनेपाली डट कम ,रेडियो स्पेननेपाल,स्पेन खबर डटकम र नेपाली वेभ