पोखरामा एयरपोर्ट बन्न नदिन अनेकखालका षडयन्त्र भए – रविन्द्र अधिकारी


राजाराम पौडेल

पोखरा१२ असोज
जुनसुकै मुल्य चुकाएर भएपनि पोखरामा क्षेत्रीय अन्तराट्रिय विमानस्थल बनाएरै छाड्ने संविधान सभाका सदस्य रविन्द्र अधिकारीले बताएका छन् । ‘एयरपोर्ट बन्न नदिन अनेकखालका षडयन्त्र भएका छन् ती षडयन्त्रलाई चिरेर पोखरामा एयरपोर्ट बनाउनुपर्छ’ नेकपा एमाले कास्की जिल्ला कमिटिको आयोजनामा शनिबार पोखरामा आयोजना भएको सभासदसँगको अन्तक्रियामा बोल्दै उनले भने ।

पोखरामा एयरपोर्ट बन्न नदिन अनेकखालका षडयन्त्र भएको प्रति आक्रोशीत उनले एयरपोर्ट निर्माणको प्रक्रिया अर्थमन्त्रालयमा गएर अड्कीएको जानकारी दिए । ‘अर्थमन्त्रालयले यस अघिका तीनवटा चिठी पठाएपनि पछिल्लो पटकको चिठी नपठाएकोले काम रोकीएको छ’ उनको भनाई थियो । अहिलेकै अवस्थामा एयरपार्ट बनाउन जटिलता थपिए रिटेण्डर गर्न सकिने अधिकारीको कथन थियो ।

एक अर्को प्रसंगमा बोल्दै नेकपा एमालेको केन्द्रिय सदस्य समेत रहेका उनले अब बन्ने संविधान सम्झौताको हुने भन्दै सहमती हुन नसके प्र्रक्रियामा जानुपर्ने धारणा राखे । ‘सहमतिबाट अथवा प्रक्रियागत ढंगबाट संघिय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मलाई आत्मसाथ गर्ने खालको संविधान बनाउनुपर्छ’ । नेकपा एमाले कास्की जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभाका सदस्य एवंम एमाले केन्द्र्रिय सदस्य तुल बहादुर गुरुङ्ग, चुडामणी जंगली र एमाले कास्की सचिव दामोदर वैरागी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।