पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव 


सागर राज तिमिल्सिना

पोखरा, १२ असोज/विश्व पर्यटन दिवसका अवसरमा रेवान पोखराद्धारा आयोजित एक दिने मिनि सडक महोत्सवमा विदेशी तथा स्वदेशी पर्यटक रमे । महोत्सवमा आन्तरिक तथा बह्य पर्यटकको उल्लासमय उपस्थिती रहेको थियो ।

खहरेचोकदेखि बाराहीघाटसम्म भएको महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकार, राष्ट्रियस्तर तथा स्थायिन कलाकारहरुको प्रदर्शनी, गन्दर्भहरुको सारंगी गायन, पञ्चेबाजा, फेस पेन्टिङ्ग, विभिन्न हस्तकलाको प्रदर्शनी, पर्यटन प्रवद्र्धनात्म वृत्तचित्र प्रदर्शनी लगायत रहेको थियो ।

mini-street-festival-world-tourism-day-pokhara-2

त्यसैगरि बाराही घाट चोक, टि टाइम र खहरेचोकमा तीनवटा स्टेजमा विभिन्न साँस्कृतीक कार्यक्रम तथा लाइभ म्युजिक कन्सर्ट भएको थिए । महोत्सवको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेक कुमार थपलिया, नेपाल प्रहरीका पश्चिम प्रमुख डिआइजी बमबहादुर भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं रेवान पोखराका सल्लाहकार सूर्यबहादुर भुजेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रथम उपाध्क्ष चौबहादुर गुरुङ्गले स्वागत तथा महासचिव लक्ष्मण बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

mini-street-festival-world-tourism-day-pokhara-3mini-street-festival-world-tourism-day-pokhara-5