कोरिया भाषा परिक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ


ललितपुर, १२ असोज – दक्षिण कोरिया जानका लागि कोरिया भाषा परीक्षा दिइरहेका नक्कली विद्यार्थीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

ललितपुरको विभिन्न परीक्षा केन्द्रबाट ती व्यक्तिहरुलाई शनिबार पक्राउ गरेको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीले बताउनुभयो ।

रेडियन्ट रिडर्स स्कुल सानेपाबाट तीन पुरुष, लिटिल एन्जल स्कुल हात्तीवनबाट एक महिला र चार पुरुष रहेका छन् ।

यसैगरी लिटिल एन्जल कलेज हात्तीवनबाट एक महिलासहित १२ पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले वताउनुभयो ।