पूर्वराजाबाट दसैँको टीका प्रदान नगर्ने


काठमाडौं, १२ असोज – पूर्वराज ज्ञानेन्द्र शाहको यसवर्षको सार्वजनिक दशैं टिका ग्रहण कार्यक्रम रद्द गरिएको छ ।

पूर्व राजाका सहयोगी फणि पाठकद्वारा जारी विज्ञप्तिमा पूर्व राजाबाट विजयादशमीका दिन पनि टीका प्रदान गर्ने कार्यक्रमसमेत नहुने जनाइएको हो ।

पूर्व राजा ज्ञानेन्द्रबाट केही हप्ता आराम गर्ने भन्ने चिकित्सकहरुले दिएको परामर्शका कारण यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने कार्यक्रम नरहेको बताइएको छ ।

स्वास्थ्यका कारण सम्पूण कार्यक्रम रद्द गरिएको निजी सचिवालयको भनाई रहेको छ ।