नेयमारको लिगामा पहिलो ह्याट्रिक, मेस्सीले क्लब र रास्ट्रको गरी ४०१ गोल गरे


, काठमाडौं १२ असोज। नेयमारको ह्याट्रिकको मदतमा बार्सिलोनाले ला लिगा फुटबलमा गर्नाडालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गर्नाडालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । ४३ औं मिनेटमा राकिटिकले गोल गरे भने ४५ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३–० ले अगाडि रह्यो ।
दोस्रो आफको ६२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे । ६६ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै नेयमारले ह्याट्रिक पूरा गरे ।
८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ६–० ले विजयी भयो । बार्सिलोना र अर्जेन्टिनाको लागि मेस्सीको यो ४०१ औं गोल हो ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको छ भने रियल मड्रिडले भिल्लारियललाई २–० ले हराएको छ ।