शनिबार मिनि फेष्टिबल हुने,रेवानले बिस ट्रक जलकुम्भि निकाल्यो, 


 

पोखरा, १० असोज/विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराले फेवातालबाट जलकुम्भि झार निकालेको छ । शुक्रबार विहान भएको जलकुम्भि सरसफाई कार्यक्रममा रेवान पोखरामा आवद्ध कार्यसमितिका पदाधिकारी तथा रेष्टुरेण्टमा कार्यरत मजदुरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फेवा डुँङ्गा व्यवासायि संघ र पर्यटन प्रहरीले पनि सहयोग गरेका थिए ।

बाराहीघाटदेखि फेवा माइक रेष्टुरेष्टसम्मको क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा करिब २० ट्रक जलकुम्भिझार निकालिएको थियो । संकलित जलकुम्भि पोखरा उपमहानगरपालिकाले व्यवस्थापन गर्ने बताइएको छ । जनचेतनाका लागि आफुहरुले वर्षेनी जलकुम्भि निकाल्ने कार्यक्रम गर्दै आएको रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । जलकुम्भि समस्या समाधानका लागि तालको विच भागमा आइसकेको जलकुम्भि निकाल्नु भन्दा पनि मुहानबाटै आउन नदिने उपाय अबलम्बन गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।

jalakumbhi-fewatal

यसैविच विश्व पर्यटन दिवसका अवसरमा रेवान पोखराले शनिबार लेकसाइडमा एक दिने मिनि सडक महोत्सवको आयोजना गर्ने भएको छ । बाराहीघाटदेखि खहरेचोकसम्म उक्त महोत्सव हुन लागेको हो । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकार, राष्ट्रियस्तरका कलाकारहरुको प्रदर्शनी, गन्दर्भहरुको सारंगि गायन, पञ्चेबाजा, फेस पेन्टिङ्ग,विभिन्न हस्तकलाको प्रदर्शनी, पर्यटन प्रवद्र्धनात्म वृत्तचित्र प्रदर्शनी,दैवि शक्ति समुहको झाँकि लगाएत महोत्सवका मुख्य आकर्षण रहने रेवान पोखराका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक चौबहादुर गुरुङ्गले जानकारी दिनुभयो । महोत्सवका लागि बाराही घाट चोक,टि टाइम र खहरेचोकमा तीनवटा स्टेजमा कलाकारहरुको प्रदर्शनी रहने छ ।