पर्यटन दिवसको अवसरमा लेकसाइडमा निःशुल्क मुटुरोग परिक्षण


 

पोखरा, १० असोज/अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नाट्टा क्षेत्रिय संघ पोखराले शनिबार पोखरामा निःशुल्क मुटु परिक्षण तथा औषधी वितरण गर्ने भएको छ ।

पोखराको डिहिकोपाटनमा हुने कार्यक्रममा काठमाण्डौको ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा पोखराको पद्यम नर्सिङ्ग होमबाट मुटु रोग विशेषज्ञ डाक्टरहरुले परिक्षण गर्ने संघका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘

काठमाण्डौबाट डा. रबि मल्ल, डा.रामेश राज कोइराला, डा. मिलन प्रकाश श्रेष्ठ तथा पोखराबाट डा.नारायण गौतम लगायत अन्य डाक्टरहरुले निःशुल्क मुटु जाँच गर्ने श्रेष्ठले गन्थन डटकमलाई जानकारी दिए ।

कार्यक्रममा आएका गरिब तथा असक्षम विरामीका लागि नाट्टाको रिफरमा १ लाख सम्मको निःशुल्क उपचार गराइने छ भने विरामीहरुलाई १० दिन सम्मको औषधी वितरण समेत गरिने पनि उनले जानकारी दिए । एक दिने कार्यक्रममा मुटु सम्बन्धि इसिजी, इको तथा सुगर परिक्षण समेत गरिने बताइएको छ ।