रेडियो अन्नपुर्णको वृद्धवृद्धासंग भलाकुसारी, सहयोग तथा सामुहिक भोजन


असोज,१० पोखरा ।
रेडियो अन्नपूर्णले आज पोखराको बाच्छेबुडुवामा रहेको वात्सायन वृद्धाश्रममा पुगि वृद्धवृद्धासंग सामुहिक भलाकुसारी, सहयोग हस्तान्तरण तथा सामुहिक भोजन गरेको छ । कार्यक्रममा रेडियो अन्नपुर्णसंगै सरस्वती बिद्याश्रमद्धारा नगद तथा जिन्सी सामाग्रिह हस्तान्तरण गरिएके थियो । कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले बृद्धबृद्धाहरुलाई सल तथा सरस्वती बिद्याश्रमका संस्थापक प्रिन्सिपल गणेशमानसिंह भण्डारीले नगद तथा जिन्सि सहयोग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
जेष्ठ नागरीकहरुलाई घर घरबाट सम्मान दिनुपर्ने बताउदै कार्यक्रममा बोल्ने वक्ताहरुले बृद्धाश्रम भन्दा सकेसम्म बृद्धाश्रममा जाने अबस्था नल्याउन आग्रह गरे । समाजका वृद्ध वृद्धाहरु जो कसैलाई पनि वुढ्यौलिमा घरबाट निकाला नगरियोस्, अपहेलित हुनुनपरोस्, उनिहरुलाई परिवार तथा समाजबाट अलग रहेर टाढा बनाउने हर्कत नहोस् भन्ने सन्देश दिन र वृद्धृवृद्धालाई राज्यले उचित सम्मान र वन्दोवस्त गरोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताउनु भयो ।
उहाँले हरेक परिवारका छोराछोरीले आमा बुबालाई ससम्मान, माया ममता दिएर घरमा राखि कर्तव्य पालना गर्न प्रेरणा मिलोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो ः“अब हरेक छोराछोरीले बुबा आमाको सेवाको काम आफ्नो घरबाटै शुरु गरेर सक्षम पुस्ताको परिचय दिनुपर्छ, चाहना पनि यहि हो ।” बिद्यालयका छात्र÷छात्राहरुले वाटुलेचौरमा आयोजना भएको तिज महोत्सवमा लोक नृत्यमा प्रथम भएर प्राप्त गरेको १५ हजार र उतिनै रकम बिद्यालयले तथा शिक्षकबाट संकलन गरिएको गरि ३९ हजार ६ सय बृद्धाश्रममा हस्तान्तरण गरीएको छ । शाान्तिको लागि नागरीक समाजको सन्जाल कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले ईश्वर भनेकै बाबु आमा भएको चर्चा गर्दै सुशासन र पारदर्शीतामा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । नागरीक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जेष्ठ नागरीकलाई आफ्नो क्षमता अनुसार सहयोग तथा सम्मान गनुपर्नेमा जोड दिनुभयो । सरस्वती बिद्याश्रमका संस्थापक प्रिन्सिपल गणेशमानसिंह भण्डारीले सामाजिक उत्तरदाहित्व अन्र्तगत रेडियोसंगै बृद्धाश्रममा सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने वचन दिनुभयो ।

10708644_982005775149571_9104620208618509257_o
बिजि हस्पिटलका मानसिक रोग बिषेशज्ञ डा.निर्मल लामिछानेले ६० बर्ष माथि बिर्सिने रोग केहिमा लाग्ने गरे पनि समयमै उपचार गर्न सके करीब १० बर्ष पुनः सुधार गर्न सकिने दाबी गर्नुभयो । हरेक महिनाको तेश्रो शनिबार विजि हस्पिटलमा निःशुल्क बृद्धबद्धाको स्वास्थ्य परिक्षण हुने बताउनु भयो । जेष्ठ नागरीक सरोकार समाज नेपालका अध्यक्ष हरीप्रसाद किरण ओझाले बृद्धबृद्धाहरुलाई कसैले पनि घरबाट निकाला गरी बृद्धाश्रमसम्म पुर्याउन नहुने बताउदै बृद्धबृद्धाहरु पनि समय अनुसार परिवारसंग समायोजन हुनुपर्ने बताउनु भयो ।
बृद्धाश्रमका उपाध्यक्ष बोधराज कार्कीले व्यक्ति, संघ संस्थाको सहयोगबाट बृद्धाश्रम चलेको बताउनु भयो । बृद्धाश्रममा केहि बाध्यताले आउनु परेको र केहि गरीबीका कारण घर परिवारलाई छाडेर बस्नु परेको घटनाले आफुलाई निकै दुखि बनाएको बताउदै रेडियोका प्रवन्ध निर्देशक सुनयता पालिखे भावुक हुनु भएको थियो । बिद्यार्थी आस्मा श्रेष्ठले बृद्धाश्रम्मको बारेमा बिद्यार्थी तथा घर परिवारलाई जानकारी गराउने बताउन भयो ।

10658783_982006805149468_7504616949137952826_o
कार्यक्रममा रातिको समयमा आवश्यक उज्यालो को लागि सोलार जडानको लागि रेडियो अन्नपुर्ण, सरस्वती बिद्याश्रम, शान्तिका लागि नागरीक समाजको सञ्जाल, नागरीक समाज पोखरा लगायतका संस्थासंग सहकार्य गरी सहयोग गरीने प्रतिवद्धता व्यक्त गरिएको थियो ।वृद्धाश्रमका अध्यक्ष गोकर्ण कार्किको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।