स्पेनमा बडा दशैको तयारी,मन खल्लो पारेर हैन रमाउदै मनाऊ दशै


बसन्त रानाभाट
बार्सिलोना
दशै नजिकिदै गर्दा प्रदेशमा रहेका नेपालीहरुको गाऊ घर, आफन्त र परिबारको सम्झनाले मन खल्लो हुनु स्वभाबिक हो । तर स्पेनमा भने बडा दशैको पावन अबसरमा त्यही याद, सम्झना र न्यास्रोलाई मेटाउने गरी स्वदेशमा जस्तै गरी सामुहिक दशै मनाउने तयारी चलिरहेको छ। घटस्थापना पुजा गरि जमरा रोप्ने काम पनि सम्पन्न भएको छ।
साङ्गितिक कार्यक्रम अलवा दुर्गा पुजा ,टिका प्रसाद ग्रहण ,दशैं बिशेष परिकार सेल रोटी,बार्सिलोनाको गाउमा गएर लोकल खसी ल्याएर त्यसको परिकार बनाउने पनि योजना रहेको छ । हरेक बर्ष जस्तै यस पटक पनि बडा दशैको उपलक्ष्यमा गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा अक्टोबर ८ तारिक बार्सिलोनामा कार्यक्रम हुन लागेको हो।
दशैको बेला हामी घर परिवारलाई सम्झन्छौ, गाउ घरको याद गर्छौ तर विदेशमा पनि यो नेपाली समुदाय एउटा परिबार त हो त्यसैले कार्यक्रम आयोजना गरेका हौ रास्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एक राज गिरीले भने। नेपालीनेपाली डटकमसँग गिरी भन्छन् ,स्पेनमा बस्ने नेपाली समुदाय बिचमा सद्भभाब र भाईचाराको सम्बन्ध बढाउन,परिबार सँग टाढा हुदाको पिडालाई बिर्साउन र सस्कृतिलाई बिदेशमा पनि बचाई राख्न दशैँ बिशेष साङ्गितिक कार्यक्रम आयोजना गरेका हौ। आउनुहोस् यो निशुल्क कार्यक्रम हो सँगै खाऊ ,शुभकामना साटा-साट गरौ उपस्थित हुन सबैलाई अनुरोध गर्दछु उनले भने।
संघका प्रबक्ता तथा कार्यक्रमका संयोजक सन्तोष श्रेष्ठले स्पेनमा रहेका कलाकारहरुलाई समेटेर मनोरन्जनात्मक दशैं तिहार झल्काउने खालका गीतहरु,भैली गीतहरु समेटिएर साँस्कृतिक  कार्यक्रम समेत तयार पारिएको जानकारी दिए । तयारी समितिमा संघका कोषाध्यक्ष हेमन्त रानाभाट, शितल भुर्तेल भुसाल ,लक्ष्मण शर्मा, प्रकाश भट्टराई, रमेश आशिक पौडेल लगायत रहेका छन्।

महान चाड बडा दशैँ लगायत बिभिन्न समुदायका रितिरिवाज,सस्कृती,चाडबाडहरुलाई पनि समेटिने गरी स्पेन स्थित संघसस्थाहरुले बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन्। स्पेनमा नेपालीहरुको बढ्दो सख्या संगै कार्यक्रमहरुमा पनि नेपाली समुदायको बाक्लो उपस्थीति रहदै आएको छ ।

नोट :- नेपालीनेपाली डटकमलाई ईमेलमा पाप्त भएको कार्यकमको तालिका यस्तो रहेको छ।
Date : wednesday 8 october
Time : 3:00 PM to 22 pm
Venue : calle sicilia 321, Barcelona Spain
Entry : Free for all nepleses and foreigners childrens will be welcomed by chocklates
Dinner : Free for all neplese and foreigners
Tentative programme :
3:00 pm_3:30 pm Welcome entry , pray durga and receiving tika
3,30 pm _4:30 pm neplese dinner
4:30 _5:30 Inaguration programme
5:30 _9:30 cultural programme
9:30 _10:00 closing
Santosh shrestha
co-ordinator