क्यापिटल वान कप फुटबलमा शेफिल्डको पोष्टमा सिटीको सात गोल


९ असोज, काठमाडौं । म्यानचेष्टर सिटीले क्यापिटल वान कप फुटबलमा शेफिल्डलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित शेफिल्डलाई ७–० गोल अन्तरले पराजित गरेको हो । सातै गोल दोस्रो हाफमा भएको थियो ।
४७ औं मिनेटमा फ्राङ्क लाम्पार्डले क्लोज रेन्जबाट गोल गर्दै सिटीको खाता खोलेको थिए । ५३ औं मिनेटमा जोकोको सिटीको अग्रता दोब्बर पारे भने ५४ औं मिनेटमा नाभासले गोल गरे ।
५९ औं मिनेटमा शेफिल्डले दोहोरो झड्का व्यहो¥यो । लाम्पार्डलाई फल गरेपछि कामिलले रातो कार्ड पाए भने सिटीले पेनाल्टी पायो । याया टोरेले पेनाल्टी गोल गरे ।
७७ औं मिनेटमा जोकोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को अग्रता दिलाए । ८७ औं मिनेटमा जोसे पोजोले गोल गरे । स्पेनिस पोजोको यो डेब्यू गोल हो ।
खेलको अन्तिममा लाम्पार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी शेफिल्डविरुद्ध ७–० को फराकिलो जित हात पार्न सफल भयो ।
अर्को खेलमा चेल्सीले बोल्टनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।