शान्ति स्तुपा संरक्षणको लागी,रकम संकलन गर्ने क्रम जारी


पोखरा, ९ असोज /पर्यटकिय शहर पोखराको मानवनिर्मित पर्यटकिय धरोहर विश्व शान्ति स्तुपा संरक्षणको लागी विभिन्न ब्याक्ति तथा संघ सस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । गत भदौको दोश्रो साता गएको पहिरोबाट क्षती पुगेको शान्ति स्तुपाको उत्तरी भाग पहिरोबाट क्षती पुगेको छ । पहिरोबाट क्षती पुगेपछि यतिवेला शान्ति स्तुपा अवलोकनमा रोक लगाइएको छ ।

विश्व शान्ती स्तुप समितीले संरक्षण परियोजनाको नाममा रकम संकलन गर्ने अभियानलाई तिव्रता दिइए संगै सो अभियानमा रकम संकलन तीब्र रुपमा अगाडी वढिरहेको छ । अहिले संरक्षण परियोजनाको नाममा सिटी डेभलबमेन्ट बैंक तथा बिश्व बिकास बैंकको खातामा रकम जम्मा भइरहेको । यसै क्रममा औशी पुजाको अवसरमा बुद्धविहारबाट विश्व शान्ति स्तुपाको लागी २ लाख ५१ हजार ५ सय ८५ रुपैया सहयोग रकम प्रदान भएको छ ।

बौद्ध उपासिका संघबाट १ लाख ५७ हजार ३ सय ३५, मार्फा थकाली समाजबाट २५ हजार, नेत्र कुमारी गुभाजुबाट १० हजार, शिक्षा विद गणेश वहादुर गुरुङबाट ५ हजार ५ सय ५५, छुसाङ सेवा समाजबाट १७ हजार ४ सय ४५, कर्मशिला गुरुमाबाट ६ हजार २ सय ५० , कृष्णमान गुभाजुबाट ३० हजार, त्यसैगरी नेपाल टुरिजम अफ होटल म्यानेजम्यानेन्टबाट ५ हजार ५ सय ५५ हजार प्रदान गरिएको छ । यसैगरि सञ्चारकर्मी सपना गुरुङ्गको पहलमा गीता मन्दिर योग केन्द्र रामघाटको तर्फ बाट रु १२ हजार ८ सय ३५ रुपैया समितीका सचिब बुद्धाचार्यलाई हस्तान्तरण गरिएको छ ।

यसअघि नेपाल रेडक्रस सोसाइटी, बिपद ब्यवस्थापन समिती, कास्की को तर्फबाट रु ३९ हजार बराबरको ५ सय मिटर त्रिपाल, पोखरा उद्योग बाणिज्य संघ बाट रु ५० हजार, एघार बर्षिय स्कुले बालक सुदत्तमा बुद्धाचार्य त्रिपाल खरिदका लागि बाट खाजा खर्चबाट बचाएर जम्मा गरेको रकम रु २ हजार ५ सय ३०, पोखरा एफ एमका मार्केटिङ्ग इन्चार्ज सपना गुरुङ्ग बाट रु २ हजार १ सय, इच्छामान बुद्धाचार्य, बजाज सो रुम, इच्छाशक्ती अटोमोबाइल्स नयाबजार बाट रु ५० हजार, बिश्व शाक्यले रु ५० हजार , सुरज श्रेष्ठ, सिद्धार्थ ट्रेर्डस बाट त्रिपाल खरिदका लागि रु १४ हजार ९ सय ६०, पोखरा पर्यटन परिषदबाट रु १ लाख २५ हजार १० हस्तान्तरण गरिसकिएको छ ।

पोखरा पर्यटन परिषदले हस्तान्तरण गरेको यो कुल रकम होटल बाराही लेकसाइड बाट रु २५ हजार , टानबाट रु २५ हजार, अन्य नगद रु ४५ हजार, तथा पोखरा पर्यटन परिषद बाट रु ३० हजार रकम प्रदान गरिसकेको छ । पोखराको बिश्व शान्ती स्तुप जोगाउने दायित्व सम्पुर्ण पोखराबासी तथा सम्पुर्ण नेपालीको भएकाले सहयोग गर्न इच्छुक महानुभावले बिश्व शान्ती स्तुप संरक्षण परियोजनाको नाम सिटी डेभलबभेन्ट बैंक लि. को खाता नं. ००१०१५०००४८२१६०००००१ वा बिश्व बिकास बैंक लि.को खाता नं. ००१००२०००४९२७२०००००१ मा रकम जम्मा गर्न सकिने बिश्व शान्ती स्तुप समितीका सचिब उत्तममान बुद्धाचार्यले बताउनुभयो ।

२०४९ सालबाट निर्माण थालिएको स्तुप २०५५ सालमा निर्माण सम्पन्न भएको थियो । करिब १ सय ५५ फिट उचाई रहेको स्तुप ३ सय ४४ डायमिटरमा फैलिएको छ । पहिरोको उच्च जोखिममा रहेको स्तुप बचाउन पहिरो गएको स्थानमा प्लास्टिकका पालले छोपेर पानी तर्काउने उपाय गरिएको छ । बर्षाको पानीले जमिन खोतलेर थप कमजोर बनाउने भएपछि पालले जमिन छोपिएको शान्ती स्तुप समितीका अध्यक्ष प्रकाशमा गुभाजुले बताउनुभयो ।