महान चाड बडादशैं शुभारम्भ,घरघरमा जमरा राखिदैं


काठमाडौं, आश्विन ९ – दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी मुलुकभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ । यसपाली घटस्थापनाको शुभसाईत विहीवार विहान १०.४५ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जमरा राख्नु पूर्व जमरा राख्ने स्थानलाई विभिन्न तरिकाले शुद्ध बनाई जमरा राख्ने चलन छ । यस्तै देवीलाई जमरा मन पर्ने भएकोले विधिपूर्वक आज गँउ, जौ, मकै आदिलाई माटोमा छरिन्छ र टिकाको साइतमा जमरालाई फूलको रुपमा प्रयोग गर्ने चलन छ ।

साथै विजयादशमी देवी विसर्जन विहान ९:५५ र टीका विहान १०:१५ बजे हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ

असोज ९ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूणिर्मासम्म सर्वोच्च अदालत सार्वजनिक विदामा बन्द रहने हुंदा यस अवधिमा बन्दीप्रत्यक्षीकरण रिट सुनुवाईको प्रयोजनको लागि धटस्थापना , विजयादशमी र शनिवारका दिनबाहेक अरु दिन विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत (इजलास) खुल्ला राख्ने सर्वोच्च अदालत प्रशासनले ब्यवस्था गरेको छ ।