डा. सीके राउतलाई रिहा गर्न प्रचण्डको माग


काठमाडौं,९ असोज । एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. सीके राउतलाई रिहा गर्न माग गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाडाँमा बिहीबार भएको कार्यक्रममा प्रचण्डले राजतन्त्र फर्काउनुपर्छ भन्नेलाई त बोल्न दिएको भन्दै राउतको पक्राउको विरोध गरे । ‘आत्मणिर्यको अधिकार हुनुपर्छ भनेर पहिलो संविधानसभामा पनि कुरा उठेकै हो । अहिले छुटि्टने अधिकार हुनुपर्छ भन्दमा पक्राउ गरेर सरकारले हिरो बनाउने काम गरेका छ’ राउतको नाम नलिइ प्रचण्डले भने ।
एमाओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र चाहियो वा छुटि्टनपाउनुपर्छ भनेर हतियार उठाएमा भने छाड्न नहुने बताए ।
देशको रक्षा मधेसीले गरेको भन्दै उनले पहाडिया सामन्तले नै देश विगारेको आरोप लगाए ।