यी हुन् पोखरा उपमहानगर पालिकाका नयाँ कार्यकारी


पोखरा, ९ असोज/पोखरा उपमहानगर पालिकामा बुधबार देखि नयाँ कार्यकारी अधिकृत महेश बरालले काम शुरु गरेका छन् । यस भन्दा पहिले गोर्खा जिल्ला विकास समितिमा जिल्ला विकास अधिकारी रहेका बराल सरुवा भएर पोखरा आएका हुन् ।
यस अगाडी पोखरा उपमहानगर पालिकामा रहेका झलकराम अधिकारी धनुसा जिल्ला विकास अधिकारी भएर सरुवा भएका थिए । बराललाई पोखरा उपमहानगर पालिकाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि लगाएतले स्वागत गरेका थिए ।