उपचारका लागि खनाल अमेरिका प्रस्थान


काठमाडौं १० असोज । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि बिहीबार विहान अमेरिका प्रस्थान गरेका छन् ।
खनालसँगै निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनको वासिङ्टन डिसीस्थित जोन हब किङ्ग्स अस्पताल, बाल्टोमोरमा उपचार हुनेछ । त्यहाँ खनालको प्रोस्टेटको शल्यक्रिया गरिनेछ । उनी दसैंपछि मात्र स्वदेश र्फकने खनालको निजी सचिवालयले जनाएको छ ।