आफ्नै नेतालाई औला उठाउने संगठन बन्नुप¥यो – पराजुली


पोखरा  असोज

नयाँ शक्ति युवा मञ्च पोखराको आयोजनाको बिजयादशमी तथा दिपावलीका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ ।

एकिकृत नेकपा माओबादीमा आएको बिभाजनसँगै पोखरामा गठन भएको नयाँ शक्ति युवा मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एनेकपा(माओबादी) का केन्द्रिय सदस्य एंव युवा नेता देबेन्द्र पराजुलीले आफ्नै नेताका कमिकमजोरीले गरेको कमिकमजोरीको बिरुद्ध औला उठाउन सक्ने संगठन निर्माण गरेर जाने र शास्त्रीय माक्र्सबादलाई पुरानै तरिकाबाट लागु गरेर हैन कि नयाँ शैलीमा बिकास गर्न सकेमात्र यहि पार्टीलाई पुर्नगठन गर्न सकिने बताए । उनले भने – ‘सकेसम्म यहि पार्टीलाई क्रान्तिकारी बनाउन प्रयत्न गरिन छ तर यहि हुँदाहुँदै पनि पार्टी बन्ने स्थिती देखिएन भने समयसँग अगाडी बढ्न नसक्नेहरुसँगै सति जान सकिदैन,त्यसको बिकल्पमा नयाँ शक्तिका साथ अगाडी बढिन्छ ।’ माक्र्सबाद धर्मशास्त्र नभएको कारण पनि नेताको वरीपरि घुमुरे पुजागरेर लाभ लिने संस्कृतीको कारण पार्टी धरासायी भएको दाबी गर्दै उनले भने –‘ पार्टीमा गणेश प्रवृतीको अन्त्य हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै ए(माओबादी) कास्कीका नेता गुप्तबहादुर हमालले पार्टीमा नयाँ चिज उठाउदा पार्टी फोड्न लागेको भनेर आरोप लगाउने पुरानो रोगको सिकार भएको कारणले एमाओबादी कास्कीमा पनि बिबाद आएको जानकारी दिए ।

कार्यक्रममा अथितीका रुपमा पृथ्वी नारायण क्याम्पस प्रमुख देबेन्द्र लामिछाने, एमाओबादी नेताहरु कृष्ण गिरी, किरण थापा, टिकाराम पौडेल, जितबहादुर तमु लगायतको उपस्थिती रहेको थियो ।

नयाँ शक्ति युवा मोर्चा नेपालको अध्यक्ष रेशम सापकोटाले नेपालमा देखिएको संक्रमणकालिन अबस्थाको अन्त्यका लागि अब युवापुस्ताले पनि दबावमुलक भुमीका खेल्नुपर्ने भएका कारण नयाँ शक्ति युवामोर्चाको गठन गर्नुपरेको धारणा व्यक्त गरे । मोर्चाले अब निरन्तर रुपमा बहसका कार्यक्रमहरु संचालन गर्ने र समयसिमाभित्रै संबिधान निर्माका लागि पनि दबाब दिने जानकारी गराएका थिए । बिदेशिएका युवाहरुलाई स्वदेशमा नै भबिष्य देखाउने किसिमको निती तथा कार्यक्रम लिएर आउन सरकारलाई आग्रह गरेका थिए ।

युवा मञ्चको अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुनिल पौडेलले गरेका थिए भने स्वागत मन्तब्य मञ्चका सदस्य देव क्षेत्रीले राखेको थिए ।