महिलालाई बलत्कार गरि हत्या गर्ने भरतपोखराका एक पक्राउ


पोखरा  असोज

केहि दिन पहिले कास्कीको भरतपोखरीमा एक महिलालाई बलत्कार गरि हत्या गर्ने एक जनालाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । कास्कीको भरतपोखरी गाविस बडा नम्बर ६ हुडीकोटका दुर्गे भन्ने याम बहादुर विकलाई महिलालाई बलत्कार गरि हत्या गरेको अभियोगमा पक्राउ परे गरेको छ । असोज एक गते भरतपोखरी गाविस ७ की ३३ वर्षिय विष्णुमाया भुजेललाई बलत्कार गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए ।

 

विकले भरतपोखरीको चिरुवारी पुल नचिक असोज एक गते भेटेको र पिछा गर्दै गई एकान्तमा पुगे पछि महिलालाई समाती जवजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । बलत्कार पछि महिलालाई उनले नै उडेको सलले घाटि अठ्यार मारेको विकले पत्रकारहरुलाई बताएका छन् । उनले महिलाको साथमा भएको नगद १० हजार, कानमा लगाएको रिङ्ग समेत लगेका थिए ।

महिला गालामा गल्फुलो आएका कारण विरामी भएर पोखरामा उपचार गरि घर फर्किदै गरेकी प्रहरीले थिइन् । महिला विरामी भएका कारण प्रतिकार गर्न नसक्दा बलत्कार र मृत्यु दुबै बरण गर्नु परेको एसपि लामाले गन्थनडटकमलाई जानकारी दिए । विकले विश्वक्रर्माको पुजाको दिन भएका कारण मदिरा सेवनका कारण सबै घटना भएको बताए । विकलाई सबै आधुनीक प्रविधिको उच्चतम प्रयोग गरि पोखराको पृथ्वीचोकबाट पक्राउ गरेका लामाले बताए ।