६ महिना पछि पोखरा उद्योग वाणिज्य संघको विधान सम्सोधन गरीने अध्यक्ष थापा


दिननाथ बराल
पोखरा,  असोज

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले आगामी ६ महिना पछि संघको विधान सम्सोधन गरीने बताएका छन ।

पोखराका व्यावसायीहरुको उच्चस्तरीय कमिटिको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको अवसरमा मंगलबार पोखरामा आयोजित शुभकामना आदान प्रदान तथा पोखरा उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कमिटिले उठाएको तथा व्यावसायीहरुको माग अनुसार ६ महिना पछि प्रक्रिया मिलाएर संघको विधान सम्सोधन गरीने बताएका हुन । उनले भने “संघको विधान सम्सोधन पहिलो एजेन्डा भएकोले पनि हामीले निर्वाचित भएको ६ महिना पछि बिषेश साधारण सभाबाट विधान सम्सोधन गर्ने छौं । ” समयसापेक्ष बनाउन विधान सम्सोधनको केहि प्रक्रिया अघि बढाउदैै गरेको समेत उनले जनाए ।

संघको अध्यक्षमा रहेको सर्वाधिकार तोड्नुपर्ने, एक कार्यसमितिको ३ बर्षे कार्यकाल हुनुपर्ने, अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी सवैको निर्वाचन हुनुपर्ने, संघको कार्यसमितिको सङख्या बृद्धि गरी २७ जना सम्मको हुनुपर्ने लगायतका बिषयहरुलाई समेट्ने गरी विधान सम्सोधन गरीनुपर्ने लगायतका माग व्यावसायीहरुले राख्दै आएका छन । ६२ वटा बस्तुगत संघहरुद्धारा स्थापीत कमिटिका संयोजक सुरेस अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखरामा निमार्ण हुन लागेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण प्रक्रिया अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयको कारणले गर्दा रोकिएको दाबी गरे । उनले भने “अब पोखरामा विमानस्थल निमार्णको लागि अर्थ मन्त्रालयमा दबाब नदिईकन माग पुरा हुदैन ।” भैरहवामा स्तर उन्नतीको लागि ९ करोडमा विमान स्थल निमार्ण हुने तर पोखरामा नयाँ विमान स्थल निमार्ण गर्दा २१ करोड किन भन्ने प्रश्नले गर्दा पनि अर्थ मन्त्रालयले हालटाल गरेको उनले दाबी गरे ।

पोखरामा वस पार्क निमार्ण गर्न तथा विमानस्थल निमार्णको लागि दबाब दिन पनि अब संघले नेतृत्वदाही भुमिका खेल्ने बताए । २ बर्ष व्यावसायीहरुको हकहितको लागि आफु मरिमेटेर लाग्ने वचन दिएका छन ।

यसै विच संघका पदाधिकारीलाई कमिटिका अध्यक्ष अधिकारी सहितको टोलीले फुलमाला लगायर स्वागत तथा बधाई ज्ञापन गर्दै व्यवासायीहरुको हक हितमा लाग्न आग्रह गरे । कार्यक्रममा विभिन्न संघ सस्ंथाका पदाधिकारीहरुको सहभागितामा शुभकामना आदन प्रदान समेत गरीएको थियो ।