शान्ति स्तुपा खोल्न स्थानीय तथा पर्यटन व्यावसायीहरुको माग सुरक्षाको कारणले शान्ति स्तुपा खोल्ने बिषय अन्यौलमा


दिननाथ बराल,, पोखरा, ८ असोज

सुरक्षाको कारणले गर्दा पोखराको पर्यटनको आकर्षणको रुपमा रहेको विश्व शान्ति स्तुपा कहिलेबाट खुल्ने हो यस विषयमा अझै अन्योल रहेको छ । शान्ति स्तुपामा स्थानीय प्रसासनले दैनिक सुरक्षाकर्मी खटाउन नसक्दा केहिले देखि शान्ति स्तुपामा पर्यटकहरु जान पाउने हुन सो बिषय अझै अन्यौल रहेको विश्व शान्ति स्तुपा समितिका अध्यक्ष प्रकाशमान गुभाजुले बताए ।

उनले भने “हामीलाई धेरै दबाब आयो अब शान्ति स्तुपा खुलाउन हामीले त चाहेका छौं तर स्थानीय प्रसासनले शान्ति स्तुपामा दैनिक सुरक्षाकर्मी उपलब्ध गराउन नसकेकोले हामीले तत्काल शान्ति स्तुपा खोल्न सक्दैऔं ।” पहिरोले भत्केर जोखिममा गरेको शान्ति स्तुपामा पर्यटकहरुको सुरक्षाको लागि आफुहरुले प्रसासनसंग समन्वय गरेर बन्द गरेकोले समन्वय गरेर खोल्न चाहादा सुरक्षा नपाएको कारण चाहेर पनि शान्ति स्तुपा तत्काल खोल्न नसकेको गुभाजुले जनाए ।

गुभाजुले भने “प्रसासनले शान्ति स्तुपाको लागि दैनिक ४ जना सुरक्षाकर्मी मात्र खटाए पनि हामीले भोलि देखिनै शान्ति स्तुपामा पर्यटकहरुलाई सहज रुपमा जान पाउने वातावरण सृजना गर्न तयार छौं । ”
पर्यटनको सिजन तथा दशैंको मुखमा शान्ति स्तुपामा जाने पर्यटकहरुलाई रोक लगाईदा स्थानीय रुपमा रहेका व्यावसायी तथा स्थानीय बासिहरुले शान्ति स्तुपा छिटो भन्दा छिटो खुलाउन माग गरेका छन । शान्ति स्तुपा तुरुन्त खुलाउन आफुहरुले प्रसासनलाई माग पत्र दिएको शान्ति स्तुपाः क्षेत्र विकास समितिका अध्यक्ष तथा पर्यटन व्यावसायी हिमलाल बरालले बताए । बरालले भने “एक महिना भयो शान्ति स्तुपामा जाने पर्यटकहरुको बसाई छोटीएको छ, अर्को तर्फ पर्यटकहरुमा यसले नकरात्मक प्रभाव पारेको छ । ”

विश्व शान्ति संरक्षणको काम सुरु भए तलगै स्थानीय बासि तथा स्थानीय व्यावसायीहरुले आफुहरुले सकेको नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्न तत्पर भएको बरालले जनाए ।
पोखराको पर्यटनको आकर्षणको रुपमा रहेको विश्व शान्ति स्तुपाः पहिरोले
भत्कने जोखिम बढे पछि विगत एक मिहना देखि पर्यटकहरुलाई रोक लगाईएको सो क्षेत्रमा सुरक्षा दिएर खोल्न स्थानीय तथा पर्यटन व्यावसायीहरुले जोडदार माग गरेका छन । यस बिषयमा भने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पहिरो गएका ठाँउमा दैनिक जसो सुरक्षाकर्मी खटाउन नमिल्ने बताए । निजि रुपमा रहेका सुरक्षा गार्ड खटाएर शान्ति स्तुपा खुलाउन सकिने उनले जनाए ।

विश्व शान्ति स्तुपा समितिले स्तुपा मर्मतको लागि करीब ७ लाख आर्थिक संकलन गरेको गुभाजुले जनाए । पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्यबहादुर भुजेलले एक महिना वितिसक्दा सम्म पनि सुरक्षा दिएर खुलाउन नसक्नु राज्यको कमजोरी भएको आरोप लगाए । विश्व शान्ति स्तुपा हेर्न चाहेका विश्वका कैयौ पर्यटक हेर्न नपाइ फिर्ता हुनुले नराम्रो प्रभाभ परेको उनले बताए । अविरल वर्षासँगै गत भदौ ८ गते राती पहिरो खसेपछि, जोखिममा परेको
कास्कीको पुम्दीभुम्दी १ अनदु स्थित विश्व शान्ति स्तुपाको संरक्षण गर्न हाल
पोखरामा आर्थिक संकलन सुरु भएको हो । पर्यटन व्यावसायी गणेश भट्टराईको अगुवाईमा समेत पर्यटन क्षेत्रबाट आर्थिक संकलन भई रहेको छ ।