नेप्लिज नर्सिङ एशोसियसन युकेमा शुशीका कार्की


लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको साझा संस्था नेप्लिज नर्सिङ एशोसियसन युकेको अध्यक्षमा शुशीका कार्की सर्वसम्मत चयन भएकी छन् । यसअघि उपाध्यक्ष रहेकी कार्की दुई बर्षे कार्यकालका लागि अध्यक्ष चुनिएकी हुन । यस्तै यसअघि उपाध्यक्ष रहेकी प्रशुना कंडेल उपाध्यक्ष, महासचिवमा बिनोद विकास सिंखडा, सचिवमा सुनिता गौतम र कोषाध्यक्षमा रश्मिता दर्लामी सर्वसम्मत भएको उपाध्यक्ष प्रशुना कंडेलले जानकारी दिईन ।
एक्टनस्थित एबिआई कलेजमा सम्पन्न साधारणसभाले उर्मिला श्रेष्ठ, कल्पना बुढाथोकी, यमुना आले, हिरा श्रेष्ठ, गायत्री श्रेष्ठ र गंगा साङ्पाङलाई सदस्यमा चयन गरेको छ ।
निर्वाचन समितिकी प्रमुख टुका स्याण्डवेल क्षेत्रीले नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएकी थिइन । निर्वाचन समितिमा कृष्ण भट्ट र कृष्ण तिवारी सदस्य थिए ।
अध्यक्ष वासु लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको वाषिर्क, आर्थिक प्रतिवेदनका अलावा भावी कार्यक्रमबारे छलफल भएको थियो ।