आजको राशिफल,२०७१ साल आश्विन ७ गते मंगलबार


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ७ गते मंगलबार, तदनुसार सिताम्वर २३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको चतुर्दशी तिथि ८ घटि ४२ पला अर्थात बिहानमा ९ बजेर २२ मिनेटसम्म त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा ४१ घटि २६ पला अर्थात रातिमा १० बजेर २७ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३० घटि १३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५३ मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल ।
वृष ः भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
मिथुन ः मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ ।
कर्कट ः व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
सिंह ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा ।
कन्या ः नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने ।
तुला ः दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
वृश्चिक ः सोचेजति काम गर्न असफल, इष्टमित्रको विरोध झेल्नुपर्नेछ, जागिरबाट धोका हुन सक्ने चनाखो हुनुहोला ।
धनु ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुने।
मकर ः आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ।
कुम्भ ः मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, वैदेशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ।
मीन ः रोजगारी बाटआत्म सन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, मानसम्मानको अवसर मिल्ने ।
आजको साइत ः आज पूर्व बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल आश्विन ७ गते मंगलबार बिहान ५ः५३ बजेदेखि ७ः२३ बजेसम्म रोग बेला, बिहानमा ७ः२३ बजेदेखि ८ः५३ सम्म उद्वेग बेला, बिहानमा ८ः५३ बजेदेखि १०ः२३ बजेसम्म चर बेला, बिहानमा १०ः२३ बजेदेखि ११ः५३ बजेसम्म लाभ बेला, बिहान ११ः५३ बजेदेखि दिनमा १ः२३ बजेसम्म अमृत बेला, दिनमा १ः२३ बजेदेखि २ः५३ बजेसम्म काल दिनमा २ः५३ बजेदेखि ४ः२३ बजेसम्म शुभ साँझ ४ः२३ बजेदेखि ५ः५३ बजेसम्म रोग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९