स्वर किन्नरी तारदेबीको याद दिलाइन शर्मिलाले, एकल साँझ सम्पन्न


धु्रबराज अर्याल

लण्डन/ लोकपि्रय गायिका शर्मिला बर्देवाले दशैंको अवसरमा लण्डनमा शुभकाना एकल साझ गरेकी छिन् । नेपाली संगीतमा दुई दशक बिताएकी गायिकाको एकल साझ  हेर्न ओइरिएका दर्शकले आइतबार लण्डनको हृयारो फुटबल ग्राउण्डको हल खचाखच भरिएको थियो ।

लण्डनस्थित रियाज ब्याण्डको लाइभ संगीत रहेको कन्सर्टको सुरुमा बर्देवाले स्वर्गीय तारादेवीका दश वटा कालजयी गीत गाएकी थिइन भने कार्यक्रमको दोस्रो चरणमा उनी आफैले गाएका दश वटा गीत गाएकी थिईन् ।
बर्देवाले आगो लाग्यो दिलैमा, आंखैमा झलझली, मसिंरमा जाडो लगायतका चर्चित गीत गाइ रहंदा कार्यक्रममा उपस्थित दर्शकहरु पनि उनी संगसंगै गाउने र कम्मर मर्काउने गरिरहेका देखिन्थे । उनका युगल गीतहरुमा स्थानीय गायक सुजन पराजुली र दिपक थापाले सघाएका थिए ।

10616389_932087973471578_747496276206467140_n
आफनो जिवनमै पहिलोपटक आयोजना गरेको एकल साझमा ठुलो संख्यामा दर्शकको उपस्थितिले निकै उत्साहित वर्देवाले भनिन ‘मैले पहिलोपटक गरेको एकल साझ दर्शकको यति धेरै माया पाए म निकै खुशी छु ।’ भविष्यमा पनि यस्तै कार्यक्रम गरेर नेपालमा सामाजिक क्षेत्रमा केहि गर्न पाए हुन्थ्यो भन्ने चाहना छ उनको ।
अंशु इन्टरमेन्टको संयोजनमा आयोजित शुभकाना एकल सांझको दोस्रो तथा अन्तिम कार्यक्रम आउदो आइतबार फार्नब्रोमा हुने भएको छ । कार्यक्रबाट संकलित रकम नेपालमा सामाजिक क्षेत्रमा खर्चिने बर्देवाको योजना छ ।

तस्वीर – एभरेष्ट गौतम

1794597_932085250138517_8941261495578616741_n1798592_932084840138558_829707424189417292_n 1966738_932086716805037_1592082180753126057_n10628020_932087606804948_400852718514630575_n