कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएपछि हज्जारौ तिर्थयात्री अलपत्र


सागर राज तिमिल्सिना
पोखरा, ७ असोज/पवित्र तिर्थस्थल मुक्तिनाथ र कागबेनी पुगेका हज्जारौ तिर्थयात्री कागबेनी–मुक्तिनाथ सडक स्थानियले अवरुद्ध पारेपछि अलपत्र परेका छन । सोह्श्राद्धमा तिर्थ आएका तिर्थयात्रीहरु मुक्तिनाथ, झोङ, कागबेनी र छुसाङका स्थानियबासीले मुस्ताङ जिप तथा बस ब्यबसायी समितिले एकलौटी सिण्डीकेट गरेको, अन्य मुस्ताङवासीलाई सार्वजनिक सवारी साधन राख्न नदिएको भन्दै समितिका गाडि कागबेनी–मुक्तिनाथ चलाउन रोक लगाउँदा यात्रुहरु अलपत्र परेका हुन् ।
हिन्दुहरुले पितृहरुको सम्झना गर्ने सोह्श्राद्धमा म्याग्दी जिल्ला हुदै प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनी सोह्श्राद्ध गर्ने चलन छ । करिब ५ हजार भन्दा बढि तिर्थालुहरू अचानक सडक अवरुद्ध हुदा अलपत्र परेको बाग्लुङ नगरपालीका वडानं १०, कुडुलेबाट कागबेनी पुगेका डिल्ली प्रसाद आचार्यले बताए । उनले यातायात ब्यबसायी र स्थानीयले बासीन्दाको स्वार्थका कारण आफुहरु अफ्टेरोमा परेको बताए ।

सोमवार देखि बन्द भएको याता यात सेवा खुलाउनु पर्ने माग राख्दै जिल्ला प्रसासन कार्यालयमा तिर्थयात्री दवाबका लागि पुगेपनि केहि पनि हुन नसकेको बताए । स्थानिय बासीन्दाले बस व्यावसायीले सिधै जोमसोमबाट टिकट नलिए बाटोबाट आफुहरुलाई गाडिमा नचढाउने, गाडी नभरिए सम्म नहिडाउने, अन्य सार्वजनिक सवारीसाधन सन्चालन हुने नदिई एकलौटी गरेको आरोप छ ।

यातायात ब्यबसायीले स्थानियको सुबिधाका लागि बिहान ८ बजे, १२ बजे र साझ ५ बजे सवारी छुटाउने गरेको बताएका छन् । मुस्ताङ जिप तथा बस ब्यबसाय समिती र स्थानिय बिच समन्वय गराउन नसक्दा बर्षेनी तिर्थयात्री अलपत्र पर्दै आएका छन् ।