म्याग्दीमा जीप दुर्घटना, ११ जनाको मृत्यु


म्याग्दी, ७ असोज/म्याग्दीको हिस्तानमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान ७ र ८ गिद्देश्वर मन्दिर नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जर्नादन जिसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ लागेको छ। स्थानीयले ११ मध्ये ६ जनाको शव निकालिएको छ।

जीप सडकबाट २ मिटर तल खसेकोले जीपमा सवार सबैको मृत्यु हुनसक्ने स्थानीयले जानकार िदिएका छन् जीपमा १५ यात्रु सवार रहेको बताईएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।