पञ्चाङ्ग निर्णायक समितिबाट बडादसैँको साइत


काठमाडौँ, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १०:१५ बजे उत्तम रहेको जनाएको छ ।

त्यस दिन बिहान महानवमीको पूजापछि विजयादशमीको पूजा गर्नुपर्ने र बिहान ९:५५ बजे देवी विसर्जनको साइत रहेको गृहमन्त्रालयमार्फत प्राप्त सो समितिको पत्रमा उल्लेख गरिएको छ ।

समितिका अनुसार असोज ९ गते बिहान १०:४५ बजे घटस्थापना र १५ गते बिहान फूलपातीका दिन बिहान ७:२५ बजे तुलजा भवानी यात्राका लागि समय शुभ रहेको छ । रासस