नेपालकै लामो झलुङ्गे पुल अव स्याङ्जाको चिउरीमा


असोज ७  गल्याङ्/करीव ३ करोडको लागतमा स्याङ्जाको तिनदोवाटे ६ चिउरी र पेलाकोट ७ आधावाटो विच जोड्ने आधिँखोलामा झोलुङ्गे पुल वन्ने भएको छ । झोलुङ्गे पुलको सोमवार सर्वे गर्दै सस्पेन्सन व्रिज डिभीजन कार्यालय पुल्चोक ललितपुरले करिव १ वर्ष भित्रै विभिन्न चरण पार गरी निमार्ण कार्य अगाडी वढाइने जानकारी दिएको छ ।
उक्त झोलुङ्गे पुलको लम्वाई करीव ४०० मिटर र गहिराई करिव २०० मिटर हुने समेत सर्वे कार्यक्रममा जानकारी दिइयो । सर्वे कार्यक्रममा समाजसेवि ढाकाराम अर्याल, आनन्द पाठक लगाएतले झोलुङ्गे पुल नेपालकै लामो पुल हुने दावी गर्दै पुल निमार्ण पश्चात आन्तरिक तथा वाह्रय पर्यटक आगमन तथा जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रहरु सङ्ग समन्वय परी पदयात्रा, जैविक अध्ययन , लगाएतको क्षेत्रमा विकाश तथा प्रवद्धन गर्न टेवा पुर्याउने जिकीर गरे ।