पोखरा विश्वविद्यालयमा शिक्षकले गरे तोडफोड (फोटो फिचर)


सागर राज तिमिल्सिना

पोखरा, ६असोज/पोखरा विश्वविद्यालयको रजिष्टार डिनको कार्यालयमा तोडफोड भएको छ । पोखरा विश्वविद्यालयमा पढाउदै आएका ८० उपप्रध्यापक र ६ जना कर्मचारीलाई निस्कासन गरेको विरोधमा उनिहरुले विश्वविद्यालयमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट विश्वविद्यालयमा रहेको रजिष्टार, डिन र अन्य कार्यालयमा भित्र रहेका तथा विहिरका सामानहरु तोडफोड गरेको हुन् । तोडफोडबाट विश्वविद्यालयको फोटोकपि मेसिन २ वटा, कम्प्युटर १, टेवलको सिसा ५, झ्यालका सिसा, सोफा र फुलका गमला तोडफोड गरेका छन् । तोडफोडमा उत्रिएका उपप्रध्यापक तथा विद्यार्थीहरु र प्रहरी विच झडप समेत भएको थियो ।

pu-ma-todfod-3

तोडफोडबाट कति क्षती पुग्यो भन्ने बारेमा जानकारी आइनसकेको प्रहरीले बताएको छ । करार शिक्षक तथा कर्मचारीलाई असोज २ गते बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट भदौ सम्मको तलव दिएर निस्कासन गर्ने निर्णय गरेको थियो । आफुहरुलाई कुनै बहाना बनाएर हटाउन नपाईने शिक्षक योगराज लामिछानेले बताए । उनले निणर्य फिर्ता नलिए भोली देखि आन्दोलनलाई अझ संसक्त बनाउने बताए ।

pu-ma-todfod-2pu-ma-todfod-1